काठमाडौँ । डोल्पामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक नेपालगञ्ज उपमहानगर १९ का ३२ वर्षीय सुरज बसाल मगर रहेका छन् ।
Advertisement
आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका ३ जिऊ भन्ने ठाउँमा बाटो खन्दै गर्दा माथिबाट पहिरो खसेको थियो । प्रहरीका अनुसार पहिरोले स्काभेटर पुरिँदा चालक मृत्यु भएको हो ।