काठमाडौँ । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक गुल्मी दरबार निवासी अन्दाजी ३५ वर्षीय रनबहदुर ढेगा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Advertisement
आज बिहान जिल्लाको रेसुङ्गा नगरपालिका १० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परेको ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।