काठमाडौँ । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ संक्रमित भएका हुन् ।
Advertisement
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । तीमध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
पछिल्लो समय भारतमा दैनिक नयाँ संक्रमितको संख्या र सक्रिय संक्रमितको संख्या बढ्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु भएकाको संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ ।
संक्रमणमुक्त भएकाको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना संक्रमण मुक्त भएका छन् ।