काठमाडौँ । विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित जहाज उडाएर विश्व रेकर्ड राखेको छ ।
Advertisement
सौर्य ऊर्जाबाट चल्ने एअर बसको ‘जेफर एस’ नामको जहाजले लगातार २६ दिनसम्म उडान भरेर आफैले बनाएको रेकर्ड भंग गरेको हो । सो जहाज कम्पनीले सन् २०१८ मा नयाँ रेकर्ड बनाएको थियो ।
रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो जहाजमा ब्याटरीको प्रयोग गरिएको छ । जसले जहाजलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन ।
उडानसम्बन्धी विवरणमा यो जहाज अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको थियो ।
सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो विमानको व्यवहारिक प्रयोगका बारेमा परीक्षण उडानले ढोका खोल्ने काम गरेको छ । बीबीसीबाट