काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । उनको नेतृत्वमा आठ सदस्यीय टोली काठमाडौँ आइपुगेका हुन् ।
Advertisement
उनीहरु चार दिनसम्म नेपाल भ्रमणमा रहने छन् । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग भेट गर्ने भएका छन् ।
उनले आजै प्रधानमन्त्री, भोलि प्रचण्ड र पर्सी ओलीसँग भेट्ने भएका छन् ।