काठमाडौँ । भक्तपुरमा मिनी ट्रकले ठक्कर दिँदा गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो ।
Advertisement
दुर्घटनामा घाइते भक्तपुर नगरपालिका १ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका ८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ ।