काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न पुगेका छन् । पत्नी वियोगमा परेका बिजुक्छेलाई भेट्न ओलीसहितका शीर्ष नेतााहरू पुगेका हुन् ।
Advertisement
बिजुक्छेलाई भेट्न एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेललगायत नेताहरु पुगेका हुन् । उनीहरूले बिजुक्छेलाई समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्रममा निधन भएको हो ।