• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ड्युटीमा तैनाथ प्रहरीलाई खाजा लिएर आफैं पुगे धरानका मेयर


बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नगरको खानेपानी समस्या सबैभन्दा पहिले समाधान गरेरै छाड्ने ध्याउन्नमा देखिन्छन्। उनी कहिले पानीमा रुझ्दै पानीको मुहान खोजी गर्न निस्किन्छन् त कहिले मुहानमा पुगेर सरसफाइमा जुटछन्।

Advertisement

पछिल्लोपटक उनी मुहानमा तैनाथ नगर प्रहरीलाई खाजा लिएर आफैं फिल्डमा पुगे। धरान–धनकुटा सडकमा पर्ने मुहानमा यात्रीले दिशा–पिशाब गर्ने गरेकाले उनले नगर प्रहरीको टोली नै तैनाथ गरेका छन्। नेपाल प्रहरीले पनि उक्त टोलीलाई साथ दिएको छ।

पानीको मुहानमा दिशा–पिसाब गर्ने गरिएकाले नगर क्षेत्रमा दुर्गन्धित पानी वितरण हुँदै आएको थियो। साम्पाङले मुहानमा दिशा–पिसाब गर्न बन्द गराएका छन्, नगर प्रहरीमार्फत। नगर क्षेत्रबाट टाढा पर्ने भएकाले नगर प्रहरीको टोलीले सहजै खाजा, पानी पाउँदैनन्। त्यसैले उनीहरूको हौसला बढाउन मेयर साम्पाङ आफैं खाजा लिएर गएका हुन्।

फिल्डमा पुगेर मेयर साम्पाङले नगर प्रहरी टोलीको समस्याबारे सोधेका थिए। कसैले अटेर गर्दै मुहान क्षेत्रमा दिशा–पिसाब गरेमा तत्काल खबर गर्न उनले निर्देशन दिएका थिए। र, गाडीको नम्बर टिपेर नगरपालिकामा पठाउन निर्देशन पनि दिए।

मुहान क्षेत्रमा सिफ्ट छुट्याएर नगर प्रहरी परिचालन गरिएको छ। एक सिफ्टमा तीनजनाले मुहान क्षेत्रको रेखदेख गर्छन्। र, जनचेतनाका लागि मुहान क्षेत्रको सडकमा दिशा–पिसाब नगर्न आग्रह गरिएका बोर्ड राखिएको छ।

बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • २.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ३.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ४.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ५.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ६.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ७.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ८.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.