काठमाडौँ । विश्व चर्चित कोलम्बियन पपस्टार शाकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ ।
Advertisement
दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखि रहँदै आएको सम्बन्धलाई टुंग्याउने जानकारी दिएका हुन् । ‘हामी अलग हुँदै छौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं, हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन्, र उनीहरूको गोपनीयताको सम्मान गर्न आग्रह गर्दछौं,’ उनीहरूले भनेका छन् ।
सन् २०११ देखि सम्बन्धमा रहेका उनीहरूको दुई छोराहरू रहेका छन् । ४५ वर्षीया शाकिरा र ३५ वर्षीय पिके सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु अघिदेखि मात्र सम्बन्धमा रहेका थिए ।
पछिल्लो समय शाकिरा कर छलीमा विवादमा फसिरहेकी छन् ।