काठमाडौँ । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली ८ रन मात्रै बनाएर अलआउट भएको छ । मलेसियामा भइरहेको छनोट खेलमा यूएईविरुद्ध ८ रन मात्रै बनाएको हो ।
Advertisement
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर खेल्दै जम्मा ८ रन बनाएर अलआउट भएको हो । नेपालका लागि स्नेहा महराले सर्वाधिक ३ रन बनाइन् । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खाता नै खोल्न सकेनन् ।
यूएईका लागि माहिका गौरले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चँेर सर्वाधिक ५ विकेट लिइन् । यस्तै, इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।