अमेरिकाको ओक्लाहोमास्थित अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाएर चारजनाको ज्यान लिएका छन्।
Advertisement
अस्पतालको मेडिकल भवनमा राइफल र हेडगनसहित घुसेका व्यक्तिले अन्धाधुन्द गोली चलाएको थिए। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन्।
ओक्लाहोमा प्रहरीका अधिकृत जोनाथन ब्रुक्सका अनुसार आक्रमणकारीको सनाखत हुन सकेको छैन। आक्रमणकारी ३५ देखि ४० वर्ष उमेरको भएको अनुमान छ।
अस्पतालको दोस्रो तलामा उनले गोली बर्साएका थिए, जहाँ चिकित्सकहरूको कार्यालय र एक अर्थोपेडिक सेन्टर छन्। घटनामा अस्पतालका कर्मचारी र बिरामीको ज्यान गएको छ।
गत साता पनि टेक्सासमा एक विद्यालयमा त्यसरी नै गरिएको अन्धाधुन्द गोली प्रहारमा परी १९ बालबालिका र दुई शिक्षकको ज्यान गएको थियो। मे महिनामै बफेलो सुपरमार्केटमा भएको गोलीबारीमा १० जना मारिएका थिए।