युक्रेन युद्धमा सहभागी हुन अस्वीकार गरेका ११५ जना रुसी सैनिकले एकसाथ जागिर गुमाउनु परेको सार्वजनिक भएको छ। त्यसविरुद्ध उनीहरूले सैनिक अदालतमा दिएको निवेदन पनि खारेज भएको छ।
Advertisement
रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरु गरेको थियो। तीन महिनादेखि चलिरहेको युद्धमा युक्रेनका निहत्था सर्वसाधारणको हत्या भइरहेको छ। संसारभरबाट यस नरसंहारको आलोचना भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुनेको नसुन्यै गरिरहेका छन्।
यस्तो नरसंहारमा सहभागी हुन अस्वीकार गरेका सैनिकहरूलाई धमाधम जागिरबाट निकालिएको खुलासा भएको हो।
रुसको दक्षिणी काबारदिनो–बल्करिया रिपब्लिकस्थित एक सैनिक अदालतले यस मामिलामा बिहीबार ती सैनिकहरूको निवेदन खारेज गरेको हो। ती सैनिकले राज्यको आदेश उल्लंघन गरेको निष्कर्ष पनि उक्त अदालतले निकालेको छ।