• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

खोलामा कार खस्दा एक जनाको मृत्यु

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

फेरिए प्रहरी महानिरीक्षक, हटाइए दानबहादुर कार्की

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ३. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ४. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ८. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ९. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ


    Avatar photo
मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित

माले- माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ । माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उहाँलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो । प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गर्नुभएको छ । उहाँले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झुटा भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो । उहाँ संयुक्त राष्ट्रसङ्घको महासभाका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक हुनुहुन्छ । उहाँले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गर्नुभएको थियो । सन् २०२१–२२ मा उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको ७६औँ सत्रको अध्यक्षता गर्नुभएको थियो ।

उहाँले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यस्तै, सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गर्नुभएको थियो । पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उहाँले नेतृत्वबाट राजीनामा दिनुभएको थियो ।

गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी हुनुभएको थियो । उहाँलाई ‘स्पेस वी कल होम : डायस्पोरा एन्ड बिलङ्गिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन ।

मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट
खोलामा कार खस्दा एक जनाको मृत्यु
दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी
फेरिए प्रहरी महानिरीक्षक, हटाइए दानबहादुर कार्की
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्लेसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

  • २.
    खोलामा कार खस्दा एक जनाको मृत्यु

  • ३.
    दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

  • ४.
    फेरिए प्रहरी महानिरीक्षक, हटाइए दानबहादुर कार्की

  • ५.
    उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

  • ६.
    कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

  • ८.
    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.