• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ७. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ८. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ९. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

विश्‍व घटना : टाउको विस्तारबाट बन्छन् स्टारफिसका हात


    Avatar photo
आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित

काठमाडौं- आज १ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १७५५- २७० वर्षअघि ५० हजारको ज्यान लिएको त्यो भूकम्प

आजभन्दा २७० वर्षअघि आजकै दिन पोर्चुगलको लिस्बनमा महाभूकम्प गएको थियो। त्यसमा परी ५० हजार जनाको ज्यान गएको अनुमान छ। उक्त भूकम्प ७.७ रेक्टर स्केलभन्दा ठूलो रहेको आकलन छ। भूकम्पबाट पोर्चुगल, आइबेरियन प्रायद्विप र उत्तर-पश्‍चिमी अफ्रिकासम्म प्रभावित भएका थिए। भूकम्पका कारण लिस्बन क्षतविक्षत भएको थियो। भूकम्पको केन्द्रविन्दु एटलान्टिक महासागरमा रेकर्ड गरिएको थियो। भूकम्पपछि भएको आगलागी र आएको सुनामीले ठूलो क्षति पुर्‍याएका थिए।

– सन् १९११- जहाजबाट पहिलोपटक बम खसालियो

सन् १९११ मा आजकै दिन पहिलोपटक जहाजबाट बम खसालिएको थियो। त्यसअघि आकाशबाट बम खसाउनु पर्दा बेलुनको प्रयोग गरिन्थ्यो। इटाली र टर्कीबीच भएको युद्धमा इटालीले जहाजबाट टर्कीको क्षेत्रमा बम खसालेको थियो।

– सन् १९५२- पहिलो विशाल हाइड्रोजन बम परीक्षण

अमेरिकाले आजकै दिन पहिलो विशाल हाइड्रोजन बम परीक्षण गरेको थियो। उक्त बमलाई ‘माइक’ कोड नाम दिइएको थियो। अपरेसन ‘आईभी’को एक हिस्साको रूपमा मार्सल आइल्यान्डको एचिवेटोक एटोलमा उक्त परीक्षण गरिएको थियो।

– सन् १९५५- युनाइटेड एयरलाइन्सको जहाजमा बम विष्‍फोट

अमेरिकाको युनाइटेड एयरलाइन्सको जहाजमा आजकै दिन आकाशमै बम विष्‍फोट भएको थियो। उडान नम्बर ६२९ तथा एन-३७५५९ कल साइनको डीसी-६बी जहाज कोलोराडोमाथिको आकाशमा विष्‍फोट हुँदा त्यसमा सवार सबै ५५ जनाको ज्यान गएको थियो। लगेजमा लुकाएर राखिएको बम विष्‍फोट भएको खुलेको थियो।

– सन् १९९३- मास्ट्रिच सन्धि कार्यान्वयनमा

युरोपमा आजकै दिन मास्ट्रिच सन्धि कार्यान्वयनमा आएको थियो। सोही सन्धिमार्फत युरोपमा साझा मुद्रा युरो लागू भएको थियो। युरोपियन युनियनमा आबद्ध मुलुकहरूले युरोमार्फत कारोबार गर्दै आएका छन्।

– सन् २०१२- पहिलो तारामा प्रकाशको साक्ष्‍य

वैज्ञानिकहरूले ब्रह्माण्डको पहिलो ताराको साक्ष्‍य पत्ता लगाएका थिए। उक्त ताराको निर्माण बिग ब्याङको ५० करोड वर्ष पछाडि भएको थियो।

– सन् २०२३- अन्तरिक्ष यात्रीले गुमाए टुल ब्याग

सन् २०२३ मा आजकै दिन अन्तर्राष्‍ट्रीय स्पेस स्टेसनमा बसिरहेका दुई अन्तरिक्ष यात्रीले आफ्नो टुल ब्याग हराएका थिए। बाहिर निस्केर स्पेस वाक गर्ने क्रममा उनीहरू दुवैको टुल ब्याग हराएको थियो। जसका कारण घर्षण उत्पन्‍न भएर वायु मण्डलमै उनीहरू जल्ने खतरा पैदा भएको थियो।

– सन् २०२३- टाउको विस्तारबाट बन्छन् स्टारफिसका हात

एक नयाँ अध्ययनबाट स्टारफिसका हातहरू शरीरका अलग्गै अंग नरहेको पुष्‍टि भएको थियो। अध्ययनका अनुसार स्टारफिसको टाउकोको विस्तारबाट हातजस्तो अंग विकास हुने पाइएको थियो।

आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता
तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती
एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

भर्खरै

  • १.
    नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  • २.
    तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

  • ३.
    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • ४.
    पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ५.
    श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

  • ६.
    ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

  • ७.
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

  • ८.
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.