• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी


    Avatar photo
मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

झापा- झापाका पत्रकार सन्तोष आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आचार्यलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन्।

Advertisement

राजनीति, सामाजिक गतिविधि तथा पत्रकारितामा लामो समयदेखि सक्रिय मेचीनगर-६ काँकरभिट्टा निवासी आचार्यले निरन्तरको छलफलपछि उज्यालो नेपाल पार्टीमा आबद्ध हुने निर्णय गरेको बताए। उनले आफ्नो राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले उक्त पार्टी रोजेको बताएका छन्।

‘समृद्ध देश निर्माण र सामाजिक रूपान्तरणको अभियानमा उज्यालो नेपालमार्फत सक्रिय हुनेछु,’ आचार्यले भने, ‘यस अभियानमा सबैको सकारात्मक सहयोग, सुझाव र सल्लाहको अपेक्षा गरेको छु।’

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय आचार्य प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव हुन्। उनी प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षसमेत हुन्।

आचार्य यसअघि नेकपा एमालेको राजनीतिमा सक्रिय थिए। उनी एमालेको केन्द्रीय विभागका पूर्व सदस्यसमेत हुन्। पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही महिनाअघि एमाले परित्याग गरेको उनले बताएका थिए।

मेचीनगर क्षेत्रमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय आचार्यको उज्यालो नेपाल प्रवेशलाई पार्टीले कोशी प्रदेश, विशेषगरी झापामा संगठन विस्तार र राजनीतिक गतिविधि अघि बढाउन महत्वपूर्ण रूपमा लिएको छ। पार्टीले उनलाई जिल्लामा संगठन निर्माण, विस्तार तथा रचनात्मक राजनीतिक गतिविधिलाई गति दिने जिम्मेवारीसमेत दिएको जनाइएको छ।

उज्यालो नेपाल पार्टीले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा संगठन विस्तारलाई तीव्रता दिइरहेका बेला पत्रकारिता तथा सामाजिक क्षेत्रमा लामो अनुभव भएका आचार्यको प्रवेशलाई जिल्लामा पार्टीको गतिविधि विस्तारसँग जोडेर हेरिएको छ।

 

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भर्खरै

  • १.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • २.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ३.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ४.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ६.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ७.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ८.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.