• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पपुवामा आगलागी, ११ जनाको मृत्यु

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ७. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

बाजुरा- शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

Advertisement

लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरु रोकिएपछि यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको भाटले बताउनुभयो ।

जिल्लाभर विद्युत् आपूर्ति बन्द

शनिबार राति अविरल वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सुवाकाँध र वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।

अवरुद्ध विद्युत् सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा छ ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अवरुद्ध विद्युत् र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनु भएको जनाएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेका छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताउनु भयो । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीको टोली खटिएको ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पपुवामा आगलागी, ११ जनाको मृत्यु
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

भर्खरै

  • १.
    पपुवामा आगलागी, ११ जनाको मृत्यु

  • २.
    नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

  • ३.
    बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

  • ४.
    रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

  • ५.
    पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • ६.
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

  • ७.
    मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

  • ८.
    राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.