• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पपुवामा आगलागी, ११ जनाको मृत्यु

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ७. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

पाल्पा- यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा यहाँ डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि सङ्क्रमण सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको सङ्केत गरेको छ ।

वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमण जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तन तथा डेङ्गु परीक्षणको दायरा बढेकाले सङ्क्रमण सङ्ख्या बढी देखिएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि सङ्क्रमण पहिचान हुने क्रमसमेत बढेको छ ।

पाल्पाको युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पतालमा आएका बिरामीमा डेङुगु सङ्क्रमण देखिएको छ ।

कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेङ्गुको परीक्षण हुन्छ । डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा लामखुट्टेले फूल पार्ने गर्दछ ।

फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको बताइन्छ ।

स्वास्थ्य कार्यालयले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेङ्गु रोगको जोखिमसमेत बढ्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेङ्गुलगायतका विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उहाँले सुझाव दिनुभयो ।

त्यस्तै घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि प्रमुख ढकालले सबैलाई अनुरोध गर्नुभयो ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पपुवामा आगलागी, ११ जनाको मृत्यु
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

भर्खरै

  • १.
    पपुवामा आगलागी, ११ जनाको मृत्यु

  • २.
    नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

  • ३.
    बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

  • ४.
    रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

  • ५.
    पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • ६.
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

  • ७.
    मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

  • ८.
    राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.