• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ७. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ८. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

    Avatar photo
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

कञ्चनपुर । नेपाल–भारत मैत्री संघको सहयोग तथा नेपाल–भारत मैत्री संघ पुनर्वास उपशाखा, त्रिभुवनवस्ती कञ्चनपुरको आयोजनामा सञ्चालित ९० दिने आधारभूत सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ।

Advertisement

जेष्ठ १३ गतेदेखि सञ्चालन भएको तालिममा १८ जना सहभागी भएका थिए । प्रशिक्षक लिला बमले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

सहभागीहरूले सिलाइ–कटाइसम्बन्धी आधारभूत सीप तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको छ । तालिम सम्पन्न भएपछि सहभागीहरूले आफूहरूले सिकेको सीपलाई अब आयआर्जन र स्वरोजगारसँग जोड्ने बताएका छन्।

तालिमको समापन कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्तै उपयोगी भएको बताउँदै आधारभूत तालिमपछि एडभान्स सिलाइ–कटाइ तालिमको समेत अवसर उपलब्ध गराउन नेपाल–भारत मैत्री संघसँग आग्रह गरेका छन्।

नेपाल–भारत मैत्री संघ पुनर्वास कंचनपुर, उपशाखाका अध्यक्ष बिश्वनाथ बिष्टको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरप्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष ठाकुरले सीपमूलक तालिमले व्यक्ति तथा परिवारलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गरे ।

“सीप हातमा भएपछि अवसर खोज्न धेरै टाढा जानुपर्दैन। सिकेको सीपलाई व्यवसायसँग जोड्न सके यसले आत्मनिर्भर बन्न महत्वपूर्ण आधार तयार गर्छ,” ठाकुरले भने ।

नेपाल–भारत मैत्री संघले आगामी दिनमा पनि स्थानीय आवश्यकता र मागअनुसार सीप तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने उपाध्यक्ष ठाकुरले बताए ।

समापन कार्यक्रममा सहभागीहरूले तालिम सञ्चालनका लागि सहयोग गर्ने नेपाल–भारत मैत्री संघप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप दक्षता हासिल गर्न एडभान्स तालिमको व्यवस्था गरिदिन आग्रह गरेका छन्।

९० दिनसम्म सञ्चालन भएको उक्त तालिमले सहभागीहरूमा नयाँ सीपसँगै आत्मविश्वाससमेत बढाएको आयोजकको भनाइ छ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो, चाँदीको स्थिर
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

भर्खरै

  • १.
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • २.
    तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

  • ३.
    नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ४.
    पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

  • ५.
    खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

  • ६.
    ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

  • ७.
    भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

  • ८.
    भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.