• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रुस–युक्रेन युद्धः हार-जित किन कठिन?


सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

रुस-युक्रेन शुरु भएको करिब तीन महिना भएको छ। यसबीच दुवै राष्ट्रले आ-आफ्नो तर्फबाट युद्ध जारी राखेका छन्। दुवै राष्ट्रले युद्ध जारी राख्दा अन्य राष्ट्रलाई पनि घाटा भइरहेको छ।

Advertisement

रुसको सैन्य शक्ति धेरै बलियो भएकाले ठूलो हदसम्म युद्धको धार रुसतिर छ। तर, रुसले योजना बनाएअनुसार तत्काल विजय हासिल गर्न असफल भएको छ। केही त्यस्ता परिस्थिति छन्, जसले युद्धको धार कतातिर मोडिन्छ भन्ने इंकित गर्न सकिन्छ।

हार–जित

युक्रेनले उत्तरमा प्रत्याक्रमणमार्फत रुसलाई खार्किभबाट टाढा राख्न सफल भयो तर दक्षिणमा रुसको पक्ष बलियो थियो। अहिले रुसले मारियुपोललाई जितेर अग्रता लिएको छ। खार्किभ र मारियुपोल क्षेत्रका लडाईंमा ठूलो संख्यामा सैनिक र सर्वसाधारण मारिए । तर, दुवै स्थानको जित दुवैतर्फ निर्णायक सावित हुने देखिँदैन।

मारिउपोल र खार्किभमा जे भएको थियो, त्यसले युद्धको हालसम्मको उतारचढावको अवस्था देखाउँछ।

रुसले डोनबासमा थोरै भए पनि आफ्नो बर्चश्व जमाउन सफल भएको छ। यहाँ उसले आफ्नो लक्ष्य बलियो बनाएको छ। तर, रुसले यहाँ केही हदसम्म दुःख पाएको छ। सिभरस्की डोनेट्स नदी पार गर्दा दर्जनौं रुसी सशस्त्र गाडीहरू क्षतिग्रस्त भएका थिए।

रुससँग छन् धेरै हतियार

पूर्वी भागमा रुस र युक्रेन दुवै देशद्वारा व्यापक गोली चलिरहेको छ। इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका विश्लेषक तथा ब्रिटिस सेनाका पूर्वब्रिगेडियर बेन बेरीका अनुसार यो अवस्था डोनबासमा युद्ध चलुन्जेल रहिरहने छ।

बन्दुकबाट हुने यस्तो युद्ध लामो समयसम्म चलिरहने उनी बताउँछन्। तर, युक्रेनी पक्षलाई भएको नोक्सानबारे बोल्न उनी हिच्किचाइरहेका छन्।

युक्रेनलाई पश्चिमा मुलुकको सहयोग प्राप्त भइरहे पनि ऊसँग हतियारको अभाव छ । हाल युक्रेनलाई यूएस एम–७७७ को बन्दुक प्राप्त भइरहेको छ। तर, वास्तविकता के हो भने युक्रेनसँग रुसभन्दा कम हतियार छन्।

रुसी सैनिकहरूले आफ्नो क्षेत्रको रक्षामा संलग्न युक्रेनी सेनामाथि लगातार बन्दुक प्रहार गरिरहेका छन्। उनीहरूमाथि बम पनि आक्रमण पनि भइरहेको छ। रुसले अहिले दुईतर्फ उत्तरमा आइजम र पश्चिममा सेभेरदोनेत्स्कबाट आक्रमण गरिरहेको छ। तर, दुवै क्षेत्रबाट अघि बढ्दा रुसले थोरै मात्र सफलता हासिल गरेको छ।

ब्रिगेडियर बेरी भन्छन्, ‘यस्तो देखिन्छ कि रुसले युक्रेनी सैनिकहरूलाई मार्न चाहन्छ, जहाँ तिनीहरू खराब अवस्थामा फसेका छन्। यहाँ उनीहरूमाथि बन्दुकबाट आक्रमण हुने देखिन्छ।’

सैन्य विश्लेषकहरूका अनुसार रुसले दुवै क्षेत्रबाट आक्रमण गर्दा युक्रेनी सेनाहरूलाई ठूलो क्षति पुग्न सक्छ। तर, युक्रेनले अझै पनि रुसी सेनाहरूलाई रोक्न डोनबासका शहरी क्षेत्रहरू प्रयोग गर्न सक्छ।

रुसको लागि कठिन चुनौती

सैन्य विशेषज्ञहरूका अनुसार रुससँग पूर्वी क्षेत्रमा लड्न सेनाको अभाव छ। खार्किभ र मारियुपोलका सिपाहीहरूलाई फिर्ता ल्याएर यहाँ खटाए पनि त्यसले खासै फरक पर्दैन।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ज्याक वाटलिङले रुसमा अझै पनि सेनाको अभाव रहेको बताएका छन्। विशेषगरी रुससँग स्थल सेनाहरूको अभाव छ। रुसले गम्भीर घाइते भएका सैनिक युनिटलाई पुनः व्यवस्थित र पुनःस्थापना गर्ने प्रयास गरिरहेको छ।

यससँगै रुसी सेनाहरूबीच आपसी समझदारी र हौसलाको कमी देखिएको छ। जसकारण युद्धमा उनीहरूको प्रदर्शन फितलो भइरहेको छ। युक्रेनसामु रुसी सेनाको कमजोरी छरपष्ट छ। तर, सेनालाई पुनः व्यवस्थित गर्न र तालिम दिन समय लाग्छ। अर्कोतर्फ यस मुद्दामा युक्रेनको क्षमता कमजोर देखिन्छ। किनभने, युक्रेनका अधिकांश सैनिकहरू मोर्चामा संलग्न छन्।

लम्बियो लडाईं

रुस–युक्रेन युद्ध छिट्टै समाप्त हुन्छ भनेर कसैले सोचेका छैनन्। युद्ध जारी नै छ। रुस विस्तारै–विस्तारै अगाडि बढिरहेको छ। तर, यो युद्धको नतिजा सैन्य शक्तिमा मात्र भर पर्दैन।

रुसले युक्रेनलाई क्षति पु¥याउनका लागि आर्थिक र राजनीतिक शक्तिको प्रयोग गरिरहेको छ। पश्चिमी राष्ट्रले रुसलाई प्रतिबन्ध लगाउँदा आर्थिक नोक्सान पनि भइरहेको छ। तर, यसबीच युक्रेनलाई रुसभन्दा बढी क्षति भएको छ।

रुसको जीडीपी आउने वर्ष १२ प्रतिशतमा झर्ने अनुमान गरिएको भए पनि युक्रेनको जीडीपी ५० प्रतिशतभन्दा कममा झर्ने आशंका छ। युक्रेनलाई पश्चिमी राष्ट्रहरूको निरन्तर आर्थिक र सैन्य सहयोग अत्यधिक फलदायक सावित हुनसक्छ।

पश्चिमी देशहरूले पनि आफ्ना घरेलु सरोकार र चुनौतीका विषयमा ध्यान दिन जरुरी छ। यी देशहरूमा मूल्यवृद्धि तीव्र गतिमा बढिरहेको छ। तेल र ग्यासको मूल्यवृद्धिका कारण जीवनयापन महँगो बन्दै गएको छ। महँगी बढ्नुको एक महत्त्वपूर्ण कारण रुस–युक्रेन युद्ध पनि हो।

जाडो नजिकिँदै गर्दा रुसी र युक्रेनी सेनाका लागि लडाईं झनै कठिन हुनेछ। यसबाट विश्वलाई आर्थिक संकटको सामना गर्न झन् कठिन हुने देखिन्छ।

बीबीसीबाट

सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.