• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल


    Avatar photo
आइतबार, साउन २४, २०८३ मा प्रकाशित

म्याग्दी-  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ ।

Advertisement

फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३÷८४ मा रु दुई करोड बजेट विनियोजन गरेसँगै गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको हो ।

गतवर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण कार्यान्वयन नहुँदा प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट काम हुन सकेन् ।

सवारीसाधनको अत्यधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राविधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले रु सात करोड ५० लाख बजेटको स्रोत सुनिश्चित गरे पनि ठेक्का आह्वान नभएको जनाउँदै ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल बनाउने तयारी सुरु गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा महेन्द्र बानियाँले बताउनुभयो ।

उहाँका अनुसार एउटै कम्पनी वा ठेकेदारले डिजाइन (नक्सा, प्राविधिक विवरण) तयार र निर्माण गर्ने परियोजना कार्यान्वयन गर्ने ठेक्का प्रणालीलाई डिजाइन एण्ड बिल्ड भन्ने गरिन्छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो पर्दछ ।

विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखि हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ भने दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् ।

माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट पछिल्लो दुई महिनामा दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका थिए । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

घुमाउने भनेर चिनिने फापरखेत पहिरोले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ । साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम रहेको स्थाीको भनाइ छ ।

म्याग्दी नदीमा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेसन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरूमा पनि पहिरोका कारण असर परेको छ ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालयले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाउँदै आएको छ ।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते
नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !
सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

भर्खरै

  • १.
    सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

  • २.
    नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • ३.
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

  • ४.
    तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

  • ५.
    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

  • ६.
    सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

  • ७.
    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ८.
    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.