• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • १०. माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

जुम्लामा ४८ करोड राजस्व सङ्कलन


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

जुम्ला- आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।

Advertisement

कार्यालयले उक्त आवमा रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिनुभयो ।

राजस्व सङ्कलनका विभिन्न शीर्षकमध्ये आयकरतर्फ रु ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ रु नौ करोड ८८ लाख नौ हजार, अन्तःशुल्कतर्फ रु ८८ लाख ५८ हजार र अन्यतर्फ रु एक करोड ४३ लाख तीन हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो ।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउन निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो । कर कानुनबमोजिम लक्षित राजस्व सङ्कलन गर्ने, कर परीक्षण तथा अनुसन्धान गरी कर कानुनको परिपालना गराउने तथा अन्तःशुल्कसम्बन्धी कार्यसमेत सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

कार्यालयले गत आवको वैशाखदेखि असारसम्म ७४ पटक बजार अनुगमन गरेको जनाएको छ । यस अवधिमा सातवटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा सङ्कलन भ्रमण र पाँच पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

चालु आवमा आयकर सङ्कलन अघिल्लो आवको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर सङ्कलनमा भने कमी आएको कार्यालयले जनाएको छ । व्यापार–व्यवसायमा आएको मन्दी तथा विकास निर्माणका कार्य गर्ने सरकारी निकायमा भएको कम पुँजीगत खर्चलगायत कारणले मुअकर सङ्कलनमा कमी आएको कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार हालसम्म मुअ करतर्फ एक हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएका छन् ।

आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोट जिल्लासम्म रहेको छ । कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाबाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु ५१ करोड ४१ लाख राजस्व सङ्कलन गरेको थियो ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते
नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !
सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

भर्खरै

  • १.
    सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

  • २.
    नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • ३.
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

  • ४.
    तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

  • ५.
    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

  • ६.
    सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

  • ७.
    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ८.
    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.