• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

डिसेम्बरमा फर्कने हसिनाको घोषणा

सुनको मोल तोलामा आठ हजारले वृद्धि

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ५. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ


    Avatar photo
बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

इङ्गल्यान्ड- विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ ।

Advertisement

फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोम तथा व्यवस्थापन बोर्डका सदस्यहरूले इन्फान्टिनोप्रति पूर्ण विश्वास दोहोर्‍याएका छन् । बैठकमा विश्वकपसँग सम्बन्धित ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक व्यावसायिक सहायक कम्पनीमार्फत अघि बढाइएको प्रस्तावमा गल्ती भएको स्वीकार गरिएको र त्यसलाई फरक ढङ्गले अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।

फिफाले फिफा काउन्सिल तथा सदस्य सङ्घहरूलाई पत्र पठाएर प्रक्रियागत कमजोरीप्रति क्षमायाचना गरेको र भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ । संस्थाले एफएफईसम्बन्धी प्रस्ताव अब पूर्ण रूपमा फिर्ता लिइएको पनि स्पष्ट पारेको छ ।

महासचिव ग्राफस्ट्रोमले यसअघि फिफाका कर्मचारीहरूलाई पठाएको इमेलमा पछिल्ला घटनालाई ‘दुःखद र निन्दनीय’ भन्दै विवादास्पद योजनाबाट आफूलाई अलग राख्नुभएको थियो । यद्यपि पछिल्लो बैठकमा उहाँले अध्यक्ष इन्फान्टिनोप्रति समर्थन व्यक्त गर्नुभएको फिफाले जनाएको छ । इन्फान्टिनोले पनि महासचिवप्रति आफ्नो विश्वास दोहो¥याउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि फिफाभित्रको समर्थनका बाबजुद बाह्य दबाब भने बढिरहेको छ । प्रिमियर लिग, ला लिगा र सिरी एसहित युरोपेली फुटबल लिगहरूको सङ्घले एफएफई प्रस्तावलाई ‘खतरनाक’ भन्दै फिफाको शासन प्रणाली, आन्तरिक संस्कृति र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । सङ्घले सबै सरोकारवालाको औपचारिक सहभागिता सुनिश्चित हुने गरी शासन सुधार गर्न आग्रह गरेको छ ।

उक्त सङ्घले विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाको पनि विरोध गर्दै सुधार नभएसम्म फिफाका नयाँ प्रतियोगिता वा विस्तार योजनालाई समर्थन नगर्ने चेतावनी दिएको छ ।

पोर्चुगलका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्वखेलाडी लुइस फिगोले पनि इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्दै उहाँले फिफाको संस्थागत प्रतिष्ठामा क्षति पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, सन् २०३० को विश्वकपको फाइनल आयोजना गर्न मोरक्कोलाई समर्थनको आश्वासन दिएको भन्ने बेलायती सञ्चारमाध्यमको दाबीलाई फिफाले अस्वीकार गरेको छ । फिफाका प्रवक्ताले अध्यक्ष इन्फान्टिनोले कुनै देशलाई यस्तो वाचा नगरेको र प्रतियोगिताको फाइनलस्थल उचित समयमा नियमित प्रक्रियाअनुसार तय गरिने बताउनुभएको छ ।

बुधबार नै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोमाथि आफ्नो विश्वास समाप्त भएको बताउँदै वरिष्ठ सल्लाहकारहरूसँग पर्याप्त परामर्श नगरी ‘गम्भीर शासनगत त्रुटि’ गरेको आरोप लगाउनुभयो । सन् २०२६ को विश्वकपमा इन्फान्टिनोसँग विभिन्न कार्यक्रममा सहभागी हुनुभएका कार्नीले अहिले आफूलाई उहाँप्रति विश्वास नरहेको स्पष्ट गर्नुभयो ।

पछिल्ला घटनाक्रमले आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचनअघि इन्फान्टिनोको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ । युरोपेली फुटबल महासङ्घ (युइएफए) ले विवादास्पद योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो भने उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ (कन्काकाफ) ले पनि फिफा नेतृत्वले फुटबलभन्दा अन्य प्राथमिकतालाई अघि सारेको आरोप लगाएको छ ।

फिफाभित्र पनि असन्तुष्टि देखिएको छ । विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले एफएफई योजनाबाट आफूलाई अलग राख्नुभएको छ भने अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले हालै राजीनामा दिनुभएको थियो । प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले नेतृत्वको पारदर्शिताको अभावले कर्मचारीहरू निराश भएको टिप्पणी गर्नुभएको छ ।

यस्ता विवादबीच पनि इन्फान्टिनो आगामी मार्चमा हुने निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा रहनुभएको छ ।

 

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन
हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
सुनको मोल तोलामा आठ हजारले वृद्धि

भर्खरै

  • १.
    यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

  • २.
    इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

  • ३.
    हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

  • ४.
    विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

  • ५.
    ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

  • ६.
    डिसेम्बरमा फर्कने हसिनाको घोषणा

  • ७.
    सुनको मोल तोलामा आठ हजारले वृद्धि

  • ८.
    विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.