नयाँ दिल्ली : भारतमा २४ घण्टाको अवधिमा दुई हजार २२६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे सङ्ख्या चार करोड ३१ लाख ३६ हजार ३७१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइताबार जानकारी दिएको छ।
Advertisement
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ६५ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ४१३ पुगेको छ। यस समयमा भारतमा ४१ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १४ हजार ९५५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
चौविस घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २०२ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ९७ हजार ३ जनालाई कोरोना सङ्क्रमण निको भएको छ।