• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

सुनचाँदीको मूल्य वृद्धि

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी


    Avatar photo
शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

जेनेभा-  फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ) खुलेर उभिएका छन् । युइएफएले प्रस्ताव फिर्ता नभएसम्म आफ्ना सदस्य राष्ट्रहरूले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ भने कनकाकाफले पनि प्रस्तावको प्रक्रिया र पारदर्शितामाथि गम्भीर आपत्ति जनाएको छ ।

Advertisement

युइएफएले आफ्ना ५५ सदस्य राष्ट्रको आपत्कालीन अनलाइन बैठकपछि जारी गरेको विज्ञप्तिमा फिफा विश्वकप फुटबलकै सम्पत्ति भएकाले त्यसमा निजी स्वामित्व स्वीकार्य नहुने स्पष्ट पारेको छ । महासङ्घले प्रस्ताव पूर्ण रूपमा फिर्ता नलिएसम्म र भविष्यमा पनि फिफाले आफ्ना प्रतियोगिता वा शासन संरचनामा निजी स्वामित्व नखोल्ने बाध्यकारी प्रतिबद्धता नगरेसम्म फिफा प्रतियोगितामा सहभागी नहुने निर्णय सुनाएको छ ।

युइएफएले बाह्य लगानीकर्ताले विश्वकपजस्ता प्रतियोगितामा स्वामित्वको हिस्सा पाएपछि खेलभन्दा व्यावसायिक नाफा प्राथमिकतामा पर्ने, लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्ने दबाब बढ्ने र विश्व फुटबलको चरित्र नै परिवर्तन हुने चेतावनी दिएको छ । महासङ्घले फिफाको यो कदमलाई विश्व फुटबलप्रतिको दायित्वबाट विमुख भएको नेतृत्वको सङ्केतसमेत भनेको छ ।

यसैबीच, फिफाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कसैले पनि फुटबल बेच्न नखोजेको दाबी गर्दै सदस्य राष्ट्रहरूसँग परामर्श जारी रहने जनाएको छ । सदस्यहरूको सहमति नपाएसम्म प्रस्तावित फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) स्थापना नहुने र फिफाको वर्तमान व्यावसायिक गतिविधि यथावत् रहने स्पष्ट पारेको छ । फिफाले प्रस्तावबारे देखिएको विवादका लागि सञ्चारमाध्यममा आएको गलत विवरणलाई जिम्मेवार ठहर गरेको छ ।

इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्तिको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गरी नयाँ सहायक कम्पनी एफएफई स्थापना गर्ने प्रस्ताव अघि सार्नुभएको थियो । सार्वजनिक भएको विवरणअनुसार प्रमुख लगानीकर्ता अमेरिकी लगानी कम्पनी हुनेछ । उक्त कम्पनीको स्थापना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले गर्नुभएको हो ।

प्रस्तावअनुसार फिफाका २११ सदस्य सङ्घलाई उपलब्ध गराइने आधारभूत विकास सहायता दुई करोड अमेरिकी डलरबाट बढाएर चार करोड डलर पुर्‍याइने तथा सन् २०३८ सम्म प्रत्येक सदस्य सङ्घले करिब आठ करोड ६० लाख डलरसम्म सहायता पाउने दाबी गरिएको थियो । इन्फान्टिनोले यसलाई विश्व फुटबल विकासका लागि वित्तीय स्रोतलाई ‘टर्बोचार्ज’ गर्ने अवसरका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

तर कनकाकाफले प्रस्ताव तयार गर्ने क्रममा पर्याप्त परामर्श नगरिएको, कृत्रिम रूपमा छोटो समयसीमा तोकिएको तथा फिफाका सम्बन्धित निर्णय गर्ने निकायबाट औपचारिक समीक्षा र स्वीकृति नलिइएको भन्दै असन्तुष्टि जनाएको छ । महासङ्घले इतिहासकै सबैभन्दा बढी आम्दानी भएको विश्वकपपछि पनि बाह्य लगानी किन आवश्यक परेको हो भन्ने प्रश्न उठाएको छ ।

फुटबल राजनीतिमा अर्को महत्त्वपूर्ण घटनाक्रमका रूपमा एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि फिफाको एकपक्षीय कदमले महाद्वीपीय फुटबलको आधार कमजोर पार्ने चेतावनी दिनुभएको छ । उहाँले सबै महादेशीय महासङ्घको सहमतिबिना यस्तो योजना सफल हुन नसक्ने उल्लेख गर्दै यसले घरेलु तथा महादेशीय प्रतियोगिताको स्थायित्व, व्यावसायिक संरचना र समग्र फुटबल प्रणालीमा असर पार्न सक्ने बताउनुभयो ।

युइएफएका धेरै सदस्यहरूले फिफासँग पर्याप्त वित्तीय सञ्चिति हुँदाहुँदै पनि त्यसलाई विश्व फुटबल विकासमा प्रयोग नगरी निजी लगानी आकर्षित गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यस विवादले इन्फान्टिनोको नेतृत्वमाथि पनि दबाब बढाएको छ । आगामी मार्चमा मोरक्कोको रबातमा हुने फिफा अध्यक्षीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको समयसीमा नोभेम्बर १८ तोकिएको छ । यसअघि चौथो कार्यकालका लागि उहाँ निर्विरोध चयन हुने अनुमान गरिए पनि पछिल्लो विवादले विश्व फुटबलभित्र नयाँ शक्ति सन्तुलन र नेतृत्वबारे बहस तीव्र बनाएको छ ।

युइएफएले यसअघि पनि सन् २०२१ मा विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्ने फिफाको प्रस्तावविरुद्ध बहिष्कारको चेतावनी दिएको थियो । त्यसबेला पनि युरोपेली विरोधकै कारण उक्त योजना कार्यान्वयन हुन सकेको थिएन । अहिलेको निजी इक्विटी प्रस्तावविरुद्धको विरोधलाई पनि विश्व फुटबल प्रशासनको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
सुनचाँदीको मूल्य वृद्धि
पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

  • २.
    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • ३.
    सुनचाँदीको मूल्य वृद्धि

  • ४.
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

  • ५.
    पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

  • ६.
    चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.