• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !

राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !


    Avatar photo
मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

काठमाडौं- आज २८ जुलाई। विश्‍वभर भएका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८१४- प्रथम विश्‍वयुद्ध शुरु

अस्ट्रियाका आर्कड्युक फ्रान्सिस फर्निनान्डको हत्याको बहानामा सर्बियालाई अस्वीकार्य अल्टिमेटम दिँदै अस्ट्रिया र हंगेरीले सन् १९१४ मा आजकै दिन स्लाभिक मुलुकहरू विरुद्ध युद्ध घोषणा गरेका थिए। सोही युद्धले प्रथम विश्‍वयुद्धको शुरुवात गराएको थियो।

– सन् १८२१- स्पेनबाट स्वतन्त्र भयो पेरू

सन् १८२१ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पेरू स्पेनको अधीनबाट स्वतन्त्र भएको थियो। सन् १८११ मा शुरु भएको पेरूभियन स्वतन्त्रता आन्दोलन आजकै दिन स्वतन्त्रता घोषणा गर्दै अन्त्य भएको थियो। त्यसको नेतृत्व जोसे डे सान मार्टिनले गरेका थिए।

– सन् १९५८- नासा स्थापना गर्ने ऐन पारित

सन् १९५८ मा आजकै दिन अमेरिकी कंग्रेसले ‘नेसनल एरोनटिक्स एन्ड स्पेस एक्ट’ पारित गरेको थियो। सोही कानूनमा टेकेर अमेरिकी अन्तरिक्ष अभियान नासा स्थापना गरिएको थियो।

– सन् १९७६- चीनको भूकम्पमा गयो २ लाख ४२ हजारको ज्यान

सन् १९७६ मा आजकै दिन चीनमा गएको भूकम्पमा परी २ लाख ४२ हजार जनाले ज्यान गुमाएका थिए। चीनको हुबेई प्रान्तमा पर्ने ताङसान शहर नजिक केन्द्रविन्दु रेकर्ड भएको ७.५ रेक्टर स्केलको भूकम्पमा ठूलो क्षति भएको थियो। सरकारी आँकडाले २ लाख ४२ हजारको मृत्यु भएको बताए पनि मृतक संख्या ६ लाख ५५ हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको थियो। अन्य ७ लाख जना घाइते भएका थिए। भूकम्पका कारण ताङसान शहर तहसनहस भएको थियो।

– सन् २००५- उत्तरी आयरल्यान्डमा सैन्य अभियान अन्त्य

सन् २००५ मा आजकै दिन उत्तरी आयरल्यान्डमा जारी सैन्य अभियान अन्त्य गरिएको थियो। प्रान्तीय आइरिस रिपब्लिकन आर्मीले स्वतन्त्र आयरल्यान्ड पक्षधर समूहविरुद्धको अभियान अन्त्य गरेको थियो।

– सन् २०१६- १७ लाख वर्षअघि नै क्यान्सर

सन् २०१६ मा आजकै दिन १७ लाख वर्षअघि नै क्यान्सर रोगको प्रमाण फेला परेको सार्वजनिक भएको थियो। ‘अफ्रिकन जर्नल’मा प्रकाशित रिपोर्टअनुसार दक्षिण अफ्रिकाको स्वार्टक्रान्स गुफामा फेला परेको एक जीवाश्ममा क्यान्सर रोग लागेको प्रमाणित भएको थियो। यो क्यान्सर रोगको सबैभन्दा पुरानो प्रमाण हो।

– २०१८- एक्काइसौं शताब्दीकै लामो चन्द्र ग्रहण

सन् २०१८ मा एक्काइसौं शताब्दीकै लामो चन्द्र ग्रहण (ब्लड मुन) लागेको थियो। र, त्यसको अवधि १ घण्टा ४३ मिनट रेकर्ड भएको थियो।

– सन् २०२२- एउटै भवनमा ९० लाख मानिस !

सन् २०२२ मा साउदी अरेबियाले एउटै भवनमा एक विशाल शहर निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो। १७०.५९ किलोमिटर लामो उक्त भवनलाई ‘द लाइन’ नाम दिइएको छ। एउटै भवनभित्रको उक्त शहरमा ९० लाख मानिसलाई राख्‍ने योजना छ। उक्त शहर नवीकरणीय ऊर्जा स्रोतहरूबाट सञ्‍चालित हुने र एउटा पनि सडक नहुने गरी गुरुयोजना बनाइएको छ।

– सन् २०२३- भाले बिनै प्रजनन

सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले भालेबिनै प्रजनन गराउने योजना सफल भएको बताएका थिए। झिँगाहरूमा गरिएको उक्त परीक्षण सफल भएको दाबी उनीहरूको छ।

– सन् २०२५- ४ हजार वर्ष पुरानो हातको निशाना

सन् २०२५ मा आजकै दिन शोधार्थीहरूले प्राचीन मिश्र (हाल इजिप्‍ट) को हातको निशाना फेला पारेका थिए। क्याम्ब्रिज विश्‍वविद्यालयका शोधार्थीहरूले मृत्युपछि मानिसको शव गाड्न बनाइने ‘सोल हाउस’भित्र उक्त निशाना फेला पारेका थिए। ३ अक्टोबर २०२५ मा शुरु हुन लागेको ‘मेड इन एन्सिएन्ट इजिप्‍ट’ नामक प्रदर्शनीको ठीक अगाडि प्राचीन मानिसको उक्त हातको निशाना पत्ता लागेको थियो।

– सन् २०२५- स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई

सन् २०२५ मा भारतले आफ्नो उत्तरी छिमेकी चीनलाई स्मार्टफोन निर्यातमा उछिनेको थियो। चीनमा ट्यारिफको बढ्दो जोखिमलाई मध्यनजर गर्दै एप्पलले आफ्नो म्यानुफ्याक्चरिङलाई भारतको राजधानी नयाँदिल्लीमा स्थानान्तरण गरेको थियो। सोही कारण अमेरिकामा भइरहेको स्मार्टफोन निर्यातमा भारतले चीनलाई उछिनेको थियो।

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : स्मार्टफोन निर्यातमा भारतले जित्यो चीनलाई !

  • ३.
    राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ४.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ६.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ७.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ८.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.