• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

टिपरको ठक्करबाट मृत्यु

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा


शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
कैलाली- कुनै समय सामान्यदेखि जटिल उपचारका लागि भारतका सीमावर्ती शहर वा काठमाडौं धाउनुपर्ने बाध्यता सुदूरपश्चिमका नागरिकको नियति जस्तै थियो। तर अहिले अवस्था फेरिएको छ। आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक र सुविधासम्पन्न अस्पतालहरूको विस्तारसँगै धनगढी सुदूरपश्चिमकै स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

Advertisement

पछिल्ला केही वर्षमा धनगढीमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्वाधार र सेवामा उल्लेखनीय विस्तार गरेका छन्। अहिले यहाँ एमआरआई, सिटी स्क्यान, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला परीक्षण, आईसीयू, एनआईसीयू, डायलाइसिस, एन्डोस्कोपी, सुत्केरी सेवा, नवजात शिशु उपचार, जटिल शल्यक्रिया तथा विशेषज्ञ परामर्श सेवा सहज रूपमा उपलब्ध छन्।

धनगढीमा रहेका सेती प्रादेशिक अस्पताल, कैलाली अस्पताल, निसर्ग अस्पताल, केयरटेकर अस्पताल, नोभा अस्पताल, धनगढी सिटी अस्पताल, अत्तरिया अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल लगायतका स्वास्थ्य संस्थाले हजारौं बिरामीलाई दैनिक सेवा प्रदान गरिरहेका छन्। यी अस्पतालमा कार्यरत विभिन्न विधाका विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका नागरिकलाई समेत गुणस्तरीय उपचार सेवा उपलब्ध गराइरहेका छन्।

धनगढीमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि धनगढी आउने क्रम निरन्तर बढ्दो छ। धनगढीसँगै सीमा जोडिएको भारतको उत्तरप्रदेशका विभिन्न स्थानबाट समेत बिरामीहरु आउने गरेका छन्। यसले उपचारका लागि भारत वा राजधानी काठमाडौं जानुपर्ने बाध्यता उल्लेखनीय रूपमा घटाएको छ। समय, खर्च र मानसिक तनावसमेत कम हुँदा स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

स्वास्थ्य क्षेत्रमा बढ्दो लगानीका कारण धनगढीमा नयाँ निजी अस्पताल तथा विशेषज्ञ स्वास्थ्य केन्द्र खुल्ने क्रम अझै जारी छ। यसले आगामी दिनमा थप विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र दक्ष जनशक्ति थपिने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारी र निजी क्षेत्रबीचको सहकार्य, आधुनिक प्रविधिको प्रयोग र विशेषज्ञ जनशक्तिको उपलब्धताले धनगढीलाई सुदूरपश्चिमकै मात्र होइन, देशकै उदीयमान ’स्वास्थ्य हब’ का रूपमा स्थापित गरिरहेको छ।

सुविधासम्पन्न अस्पताल, अनुभवी चिकित्सक, अत्याधुनिक उपकरण र सेवाप्रतिको बढ्दो विश्वासका कारण धनगढी आज उपचारको खोजीमा रहेका हजारौं बिरामीका लागि ’स्वास्थ्यको भरोसा’ बनेको छ।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टिपरको ठक्करबाट मृत्यु
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    टिपरको ठक्करबाट मृत्यु

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.