• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : प्रहरीको डेटाबेस ह्याक गर्दै १ अर्ब युआन माग

    Avatar photo
आइतबार, असार २१, २०८३ मा प्रकाशित

काठमाडौं- आज ५ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर सम्झना गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८११- स्पेनबाट स्वतन्त्र भएको भेनेजुएलाको घोषणा

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले २१४ वर्षअघि आजकै दिन स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। तर, त्यसका कारण भेनेजुएलामा स्वतन्त्रता युद्ध शुरु भएको थियो। १० वर्ष चलेको युद्धपछि सन् १८२१ मा मात्र उक्त मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको थियो।

– सन् १९७५- पोर्चुगलको कब्जाबाट केप भर्ड स्वतन्त्र

सन् १९७५ मा आजकै दिन सेन्ट्रल एटलान्टिक महासागरको टापु मुलुक केप भर्ड पोर्चुगलको कब्जाबाट स्वतन्त्र भएको थियो। उक्त पश्‍चिम अफ्रिकी टापु मुलुक १५ औं शताब्दीको उत्तरार्द्धदेखि पोर्चुगलको कब्जामा थियो।

– सन् १९९६- क्लोनिङबाट जन्मियो विश्‍वको पहिलो भेडा

सन् १९९६ मा आजकै दिन क्लोनिङबाट संसारकै पहिलो स्तनधारी जनावर जन्मिएको थियो। ‘डली’ नाम दिइएको भेडालाई क्लोनिङबाट जन्माइएको थियो। बेलायतको एडिनबर्ग विश्‍वविद्यालयको रोसलिन इन्स्टिच्युटमा इयान विल्मुट र किथ क्याम्पबेल नेतृत्वको टिमको प्रयासमा क्लोनिङबाट पहिलोपटक स्तनधारी जनावरको जन्म सम्भव भएको थियो। त्यो क्लोनिङ विज्ञानको ठूलो उपलब्धि थियो। तथापि, ‘डली’ लामो समय जीवित रहन सकेन। वैज्ञानिकहरूले उक्त भेडा १२ वर्ष जीवित रहने भविष्‍यवाणी गरेका थिए। तर, ७ वर्ष नपुग्दै मर्‍यो।

– सन् २०१२- बालबालिका अपहरण अभियोगमा पूर्वराष्‍ट्रपतिलाई ५० वर्षको जेल

सन् २०१२ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्‍ट्रपति जर्ज राफेल भिडेलालाई ५० वर्षको जेल सजाय सुनाइएको थियो। १७ मे २०१३ मा ८७ वर्षको उमेरमा जेलमै उनको मृत्यु भएको थियो। उनीमाथि राजनीतिक बन्दीहरूबाट जन्मेका करिब ४०० बालबालिकाको अपहरण गरेको अभियोग थियो।

– सन् २०१७- सिकागो नरसंहारमा १५ को हत्या, ११० घाइते

अमेरिकाको सिकागो शहरमा आजकै दिन भएको नरसंहारमा १५ जनाको हत्या भएको थियो। स्वतन्त्रता दिवसको क्रममा दिइएको विदाका क्रममा सिकागोका विभिन्‍न स्थानमा अन्धाधुन्द गोली प्रहारका घटना भएका थिए।

– सन् २०१७- भारतका धर्मगुरुको शव फ्रिजमा राख्‍न अदालतको अनुमति

सन् २०१७ मा आजकै दिन भारतीय धर्मगुरु आशुतोष महराको मृत्यु भएको तीन वर्षपछि उनका अनुयायीहरूले उनको शरीरलाई फ्रिजरमा राख्‍न अदालतबाट अनुमति पाएका थिए। उनी पुनः जीवित हुन सक्ने अनुयायीहरूको विश्‍वास थियो।

– सन् २०१९- बेबिलोन शहर विश्‍व सम्पदा सूचीमा

सन् २०१९ मा आजकै दिन इराकको प्राचीन शहर बेबिलोनलाई विश्‍व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो। बेबिलोनस्थित प्राचीन बगैंचा विश्‍वका ७ आश्‍चर्यको सूचीमा छ।

– सन् २०२२- सांघाई प्रहरीको डेटाबेस ह्याक गर्दै १ अर्ब युआन माग

सन् २०२२ मा आजकै दिन चीनको सांघाईस्थित प्रहरीको डेटाबेस ह्याक गरेर ह्याकरले १ अर्ब चिनियाँ युआन माग गरेको थियो। यो चिनियाँ प्रहरीको सम्भवतः हालसम्मको सबैभन्दा ठूलो सुरक्षा कमजोरी थियो। ह्याकरले चिनियाँ नागरिकका महत्त्वपूर्ण विवरण रहेको डेटाबेस ह्याक गरेको थियो।

– सन् २०२३- ४ जुलाई सेलिब्रेसनमा अमेरिकामा मारिए दर्जनौ

सन् २०२३ मा अमेरिकी स्वतन्त्रता दिवसको छुट्टि अर्थात ४ जुलाईमा देशभर अन्धाधुन्द गोली प्रहारबाट दर्जनौंको हत्या भएको थियो।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.