• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

    Avatar photo
शुक्रबार, असार १९, २०८३ मा प्रकाशित

पेरिस- फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।

Advertisement

पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ जना थपको मृत्यु भएको छ । यो २९.१ प्रतिशतको वृद्धि हो । संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ ।

सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ । पेरिसमा सोही अवधिमा मृत्यु ६२ प्रतिशतले बढेको छ । पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गत जुनमा फ्रान्सले करिब ११ दिनसम्म जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो । देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन् । हरित दलले यसै विषयलाई लिएर सरकारविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ ।

स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो । सन् २००३ को गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । तिनमा अधिकांश वृद्धवृद्धा थिए ।

पेरिस सार्वजनिक अस्पताल प्रणालीका महानिर्देशक निकोलस रेभेलले यस वर्षको गर्मीका कारण हुने कुल मृत्यु सन् २००३ भन्दा कम रहने अपेक्षा गरिएको भए पनि गत वर्षको गर्मीको घटनाको तुलनामा भने बढी हुन सक्ने बताउनुभयो ।

शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.