• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

सुनचाँदीको मूल्य वृद्धि

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : दलाई लामाले घोषणा गरे पन्ध्रौं पुनर्जन्म


    Avatar photo
बिहिबार, असार १८, २०८३ मा प्रकाशित

काठमाडौं- आज २ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८४३- आकाशबाट खस्यो गोही

सन् १८४३ मा आजकै दिन अमेरिकामा अनौठो घटना भएको थियो। एक गोही दक्षिण क्यारोलिनाको चार्ल्सटनमा आएको आँधीको दौरान आकाशबाट जमिनमा खसेको थियो। आँधीले समुद्रबाट उक्त गोही उडाएर शहरको बीचमा खसालेको अनुमान गरिएको थियो।

– सन् १९००- जेपलिनको पहिलो उडान

उड्डयन इतिहासमा पहिलोपटक आजकै दिन जेपलिन मोडलको जहाजको पहिलो उडान भएको थियो। जर्मनीको लेक कन्स्ट्यान्सको आकाशमा उक्त उडान भएको थियो। उक्त जहाजलाई त्यसका आविष्‍कारक काउन्ट फर्डिनान्ड भोन जेपलिनको नाम दिइएको थियो। उनी जेपलिन एयरसिप कन्स्ट्रक्सन कम्पनीका संस्थापक थिए। उक्त जहाजलाई जर्मनीको वायु सेनाले प्रथम विश्‍वयुद्धको दौरान व्यापक प्रयोग गरेको थियो।

– सन् २००१- विश्‍वको पहिलो स्वनिहित मुटु प्रत्यारोपण

सन् २००१ मा आजकै दिन अमेरिकाका ५९ वर्षीय रोबर्ट एल टुल्सले विश्‍वमै पहिलोपटक स्वनिहित मुटु प्रत्यारोपण गराएका थिए। उनले अमेरिकाको केन्टकी लुइसभिल्लेस्थित यहुदी अस्पतालमा कृत्रिम मुटु प्रत्यारोपण गरेका थिए।

– सन् २००२- अमेरिकी व्यवसायीले पूरा गरे बेलुनबाट विश्‍व परिक्रमा

सन् २००२ मा आजकै दिन अमेरिकी व्यवसायीले स्टिभ फोसेटले बेलुनमार्फत एक्लै विश्‍व परिक्रमा पूरा गरेका थिए। उनले छैटौंपटकमा विश्‍व परिक्रमा पूरा गरेका थिए। उनलाई त्यसका लागि १३ दिन लागेको थियो। ‘स्पिरिट अफ प्रिडम’ नाम दिइएको परिक्रमाका क्रममा उनले ३२ हजार १८६ दशमलव ८८ किलोमिटर यात्रा गरेका थिए।

– सन् २०१०- तेल ट्यांकर विष्‍फोटबाट मारिए २३०

अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आजकै दिन तेल ट्यांकर विष्‍फोट हुँदा आसपासमा रहेका २३० जनाको मृत्यु भएको थियो। साउथ किभु भन्‍ने स्थानमा उक्त घटना भएको थियो।

– सन् २०१६- इराक विष्‍फोटमा गयो सवा सयको ज्यान

सन् २०१६ मा आजकै दिन इराकको राजधानी बगदादमा भएको विष्‍फोटमा परी १२५ जना मारिएका थिए। अन्य डेढ सयजना घाइते भएका थिए। इस्लामिक स्टेट नामक अन्तर्राष्‍ट्रीय आतंकवादी सञ्‍जालले एक लरीमा बम राखेर विष्‍फोट गराएको थियो।

– सन् २०२०- खानीमा पुरिएर मारिए १६० मजदुर

सन् २०२० मा आजकै दिन खानीमा पुरिएर म्यानमारमा १६० जना मजदुरको ज्यान गएको थियो। म्यानमारको उत्तरी क्षेत्रस्थित हपाकान्टमा उक्त घटना भएको थियो।

– सन् २०२४- उत्तरप्रदेशको भागदौडमा मारिए १२१

सन् २०२४ मा भारत उत्तरप्रदेशको हथ्रास जिल्लामा भएको भागदौडमा परी १२१ जनाले ज्यान गुमाएका थिए। मारिनेमध्ये अधिकांश महिला र बालबालिका थिए। एक धार्मिक भेलामा भागदौड मच्चिएको थियो।

– सन् २०२५- दलाई लामाले घोषणा गरे अर्को पुनर्जन्म

तिब्बती धार्मिक नेता दलाई लामाले आजकै दिन आफ्नो पन्ध्रौं पुनर्जन्म हुने घोषणा गरेका थिए। हालका तेन्जिन ग्यात्सो दलाई लामाका १४औं अवतार मानिन्छन्। उनले आफ्नो मृत्युपछि पन्ध्रौं अवतार जन्मिने घोषणा गरेका हुन्। चीनले भने चिनियाँ भूमिमै पन्ध्रौं दलाई लामाको पुनर्जन्म हुने बताउँदै आएको छ। दलाई लामाले भने आफ्नो पुनर्जन्म कहाँ हुन्छ भनेर खुलाएका छैनन्।

बिहिबार, असार १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
सुनचाँदीको मूल्य वृद्धि

भर्खरै

  • १.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • २.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ३.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ४.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

  • ५.
    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • ६.
    सुनचाँदीको मूल्य वृद्धि

  • ७.
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

  • ८.
    पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.