• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा तिमिल्सिना


    Avatar photo
मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पु¥याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताउनुभएको छ ।

Advertisement

उहाँले भन्नुभयो, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पु¥याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको छ ।”

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको छ र यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्व भने अझै कायम रहेको छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन । बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ । ”

सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो ।

त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढङ्गले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ । ”
राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पु¥याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको बताउनुभयो । सुरक्षाका दृष्टिले समेत सरकारी हुलाक सेवा विश्वसनीय रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।

सरकार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायका काममा उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पु¥याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो । “राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पु¥याउन थालिएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइनेगरी मन्त्रालयले काम गरिरहेको छ ।” सचिव बस्नेतले भन्नुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तरराष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित विभागमार्फत सञ्चालन गरिएको ‘सरकारी कुरियर सेवा’को प्रगति उत्साहजनक रहेको छ । विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित रूपमा ढुवानी हुन थालेका छन् ।

नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नं २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात घरमै पु¥याउने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो ।

त्यस्तै सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यबमोजिम देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ । विभागका अनुसार सरकारले परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा रूपान्तरण गर्ने नीति कार्यान्वयन गरिरहेको छ ।

यसअन्तर्गत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरदैलोमै उपलब्ध गराउने सेवाको दायरा क्रमशः विस्तार हुँदै गएको विभागले जनाएको छ ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.