• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : फ्लाइङ कारको सफल परीक्षण

    Avatar photo
आइतबार, असार १४, २०८३ मा प्रकाशित

काठमाडौं- आज २८ जुन। विश्‍व इतिहासका अनेकन घटनाले आजको दिनलाई संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८४६- स्याक्सोफोनलाई प्याटेन्ट

सन् १८४६ मा आजकै दिन स्याक्सोफोनलाई प्याटेन्ट प्रदान गरिएको थियो। बेल्जियमका संगीतकार एडोल्फल स्याक्सले पित्तल जडित काठको वाद्य यन्त्र आविष्‍‍कार गरेका थिए, जसलाई उनकै नाम दिइयो- स्याक्सोफोन। अहिले यो वाद्य यन्त्र ज्याज, सैनिक ब्यान्ड, रक र पप संगीतमा प्रयोग हुन्छ।

– सन् १९१४- प्रथम विश्‍वयुद्ध शुरु गराउने हत्याकाण्ड

सन् १९१४ मा आजकै दिन अस्ट्रियामा आर्कड्युक फ्रान्ज फर्डिनान्ड र उनकी पत्‍नी सोफीको गोली हानी हत्या गरिएको थियो। गाभरिलो प्रिन्सिपले गरेको उक्त हत्याले युरोपमा प्रमुख शक्ति राष्‍‍ट्रहरूबीच संकट पैदा गरिदियो, जसलाई जुलाई संकट पनि भनिन्छ। सोही संकटले प्रथम विश्‍वयुद्धलाई जन्म दियो, जसमा परी ३ करोड ७० लाखभन्दा बढी मानिस मारिए। यो आधुनिक विश्‍व इतिहासकै सबैभन्दा घातक युद्ध थियो। झण्डै ५ वर्ष चलेको युद्ध भर्साइलिज सन्धिपछि मात्र समाप्त भएको थियो।

– सन् १९३९- संसारको पहिलो ट्रान्स-एटलान्टिक व्यावसायिक उडान

सन् १९३९ मा आजकै दिन पहिलोपटक ट्रान्स-एटलान्टिक व्यावसायिक उडान शुरु भएको थियो। बोइङ-३१४ फ्लाइङ बोटको सञ्‍चालन पान एमले गरेको थियो। अमेरिकाको न्युयोर्कबाट शुरु भएको पहिलो उडान फ्रान्सको मार्सिले पुग्‍न करिब २४ घण्टा लागेको थियो। तथापि, दोस्रो विश्‍वयुद्ध शुरु भएपछि उक्त नियमित उडान बन्द हुन पुग्यो।

– सन् १९६७- पूर्वी जेरुसलेममा इजरायलको कब्जा

सन् १९६७ मा आजकै दिन पूर्वी जेरुसलेमलाई इजरायलले आफूमा विलय गराएको थियो। उक्त घटनाले आफ्नो राजधानी शहरको पुनः एकीकरण भएको इजरायलको बुझाइ रहँदै आएको छ। तथापि, अन्तर्राष्‍ट्रीय समुदायले उक्त विलयलाई अवैध घोषणा गरिदिए। र, पूर्वी जेरुसलेमलाई प्यालेस्टिनी इलाकाका रूपमा मान्दै आएका छन्।

– सन् १९६९- समलिंगीहरूको भट्टीमा प्रहरीको छापाले निम्त्यायो दंगा

सन् १९६९ मा आजकै दिन अमेरिकाको न्युयोर्कस्थित समलिंगीहरूको एक मदिरा भट्टीमा प्रहरीले छापा मारेको थियो। सोही कारण न्युयोर्कमा हिंस्रक झडप भएको थियो। ‘स्टोनवाल दंगा’ नाम दिइएको सोही घटनाले अमेरिकामा समलैंगिक आन्दोलनको शुरुवात भएको मानिन्छ।

– सन् २०१८- ६७५ वर्षपछि आम्सटर्डममा पहिलो महिला मेयर

६७५ वर्षको इतिहासमा आजकै दिन नेदरल्यान्ड्सको राजधानी आम्सटर्डमले पहिलोपटक महिला मेयर निर्वाचित गरेको थियो। इतिहासमा नाम लेखाउने महिला थिइन्, फेम्के हाल्सेमा। आम्सटर्डमले सन् १३४३ मा पहिलोपटक मेयर निर्वाचित गरेको थियो।

– सन् २०२१- एयर कारको सफल परीक्षण

सन् २०२१ मा स्लोभाकियामा आकाशमा उड्ने एयर कारको सफल परीक्षण गरिएको थियो। आकाशमा १०० किलोमिटरसम्म उड्न सक्ने उक्त कारले ३५ मिनटमा २ हजार ५०० मिटर उडान गरेको थियो। निट्रा र ब्रातिस्लाभा विमानस्थलबीचमा उक्त परीक्षण गरिएको थियो।

– सन् २०२४- अमेरिकाका सुकुम्बासीलाई सडकमा सुत्‍न प्रतिबन्ध

सन् २०२४ मा आजकै दिन अमेरिकाको सर्वोच्च अदालतले घरबारविहीन मानिसहरूलाई सडकमा सुत्‍न प्रतिबन्ध लगाएको थियो। त्यसबाट त्यहाँका राज्यहरूका लागि सडकमा रहेका घरबारविहीनहरूलाई हटाउन मार्गप्रशस्त भएको थियो। अमेरिकामा करिब ६ लाख ५० हजार जनसंख्या घरबारविहीन रहेको अनुमान छ। त्यो भनेको कुल जनसंख्याको १२ प्रतिशतभन्दा बढी हो।

– सन् २०२५- बेलायतमा सवा १४ करोड डलरको कोकिन बरामद

सन् २०२५ मा आजकै दिन बेलायतमा १३ करोड २० लाख अमेरिकी डलर बराबरको कोकिन बरामद भएको थियो। बेलायतको इतिहासमा यो हालसम्मकै सर्वाधिक लागूपदार्थ बरामदी थियो। त्यसको तौल २.४ मेट्रिक टन थियो।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

भर्खरै

  • १.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • २.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ३.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • ४.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ५.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ६.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ७.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ८.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.