• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

    Avatar photo
सोमबार, असार ०१, २०८३ मा प्रकाशित

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ ।

Advertisement

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको पालना, चालक तथा यात्रुमा सचेतना अभिवृद्धिलगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ ।

अभियानको पहिलो दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्ले पुतलीसडक लगायतका मुख्य चोकमा खटिनुभएको थियो । उहाँले सवारी व्यवस्थापनसँगै चालकहरूलाई सडक लेनको प्रयोग, ट्राफिक नियमको पालना र सुरक्षित यात्राका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै गर्ने नभई चालकलाई जिम्मेवार र अनुशासित बनाउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै काट्ने होइन, सभ्य चालक र ट्राफिक नियम पालना गर्ने संस्कार विकास गराउनु हो ।”

ट्राफिक नियम उल्लङ्घनबाट हुने कारबाही तथा जरिवानाबाट चालकलाई सचेत गराउँदै सुरक्षित सडक यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आजबाट सुरु भएको सो अभियानले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्नमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

भर्खरै

  • १.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • २.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ३.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ४.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ५.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ६.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ७.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ८.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.