• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : नेतन्याहुलाई युद्ध अपराधमा मुद्दा चलाउन माग गर्नै हेगमा प्रदर्शन


    Avatar photo
सोमबार, असार ०१, २०८३ मा प्रकाशित

काठमाडौं- आज १५ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १६६७- मानिसमा पहिलोपटक चढाइयो रगत

सन् १६६७ अर्थात् ३५९ वर्षअघि आजकै दिन पहिलोपटक मानिसमा रगत चढाइएको थियो। फ्रान्सका राजा लुई चौधौंका चिकित्सक हुवाँ-बाप्‍टिस्ट डेनिसले एक १५ वर्षे किशोरमा भेडाको रगत चढाउन सफलता पाएका थिए।

– सन् १९५४- युनियन अफ युरोपियन फुटबल एसोसिएसनको स्थापना

सन् १९५४ मा आजकै दिन युनियन अफ युरोपियन फुटबल एसोसिएसनको स्थापना भएको थियो। यो युरोपेली मुलुकहरूको फुटबलको छाता संगठन हो। अहिले यसका युरोप र एसियामा समेत गरी ५४ सदस्य राष्‍ट्र छन्।

– सन् १९७७- स्पेनमा पहिलो स्वतन्त्र आम निर्वाचन

स्पेनमा आजकै दिन ४९ वर्षअघि अर्थात् सन् १९३६ यता पहिलो स्वतन्त्र आम निर्वाचन भएको थियो। फ्रान्सिस्को फ्रान्कोको नेतृत्वमा चार दशक चलेको दक्षिणपन्थी तानाशाही व्यवस्था ढलेर स्पेनमा लोकतन्त्र बहाली भएको थियो। उक्त आम निर्वाचनमार्फत एडोल्फो सुआरेज त्यहाँका लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेका थिए।

– सन् १९९१- फिलिपिन्समा ज्वालामुखी विष्‍फोटमा ८०० को मृत्यु

सन् १९९१ मा आजकै दिन फिलिपिन्सको माउन्ट पिनाटुबोमा भएको ज्वालामुखी विष्‍फोटमा परी ८०० जनाले ज्यान गुमाएका थिए। त्यो २०औं शताब्दीकै सबैभन्दा हिंस्रक ज्वालामुखी थियो। उक्त विष्‍फोटका कारण विश्‍वव्यापी तापमानमा ०.५ डिग्री सेल्सियस वृद्धि भएको थियो।

– सन् २०१५- म्याग्‍नाकार्टाको ८०० वर्ष

सन् २०१५ मा आजकै दिन आधुनिक प्रजातन्त्रको जग बसेको मानिएको बेलायतको म्याग्‍नाकार्टाको ८ सयौं वर्षगाँठ मनाइएको थियो। ८१० वर्षअघि १५ जुन १२१५ मा बेलायतका राजा जोनले म्याग्‍नाकार्टामा हस्ताक्षर गर्दै जनतालाई सार्वभौम अधिकार प्रत्यायोजन गरेका थिए।

– सन् २०२३- भूमिगत पानी दोहनका कारण भासियो पृथ्वीको उत्तरी ध्रुव

सन् २०२३ मा प्रकाशित एक रिपोर्टअनुसार भूमिगत जलाशयहरूबाट निरन्तर गरिएको दोहनका कारण पृथ्वीको उत्तरी ध्रुव भासिँदै गएको छ। हालसम्म उत्तरी ध्रुव ४.३६ सेन्टिमिटर भासिइसकेको छ। सन् १९९३ देखि २०१० सम्ममा २ ट्रिलियन टनभन्दा बढी पानी भूमिगत जलासयबाट निकालिएको पाइएको रिपोर्टमा उल्लेख थियो।

– सन् २०२३- डेंगु ज्वरोले उडायो पेरूका स्वास्थ्य मन्त्रीको पद

सन् २०२३ मा देशमा फैलिएको डेंगुको प्रकोपप्रति जिम्मेवारी लिँदै पेरूकी स्वास्थ्य मन्त्री रोजा गुटिरेजले राजीनामा दिएकी थिइन्। डेंगुका कारण पेरूमा २४८ जनाको ज्यान गएको थियो। अन्य १ लाख ४६ हजारलाई रोग पुष्‍टि भएको थियो।

– सन् २०२५- नेतन्याहुविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन माग गर्नै हेगमा प्रदर्शन

प्यालेस्टिनमा भइरहेको अत्याचारपूर्ण आक्रमणविरुद्ध इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि युद्ध अपराधमा कारवाही गर्न माग गर्दै दी नेदरल्यान्ड्सको हेगमा आजकै दिन करिब डेढ लाख मानिसले प्रदर्शन गरेका थिए। तथापि, प्यालेस्टिन र गाजा क्षेत्रमा इजरायली आक्रमण अद्यापि जारी छ। लाखौंको हत्या भइसकेको छ।

 

 

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

भर्खरै

  • १.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • २.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ३.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ४.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ५.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ६.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ७.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ८.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.