नयाँ दिल्ली : गत २४ घण्टाको अवधिमा भारतमा दुई हजार २५९ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
Advertisement
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ। यस समयमा भारतमा ७७५ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना सङ्क्रमण निको भएको छ।