• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

डेन्यूबमा युद्धपोत फेरि देखिए

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा बाढीले १२ जनाको मृत्यु


    Avatar photo
बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

बेइजिङ- चीनका विभिन्न भागमा यस हप्ता परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार तथा निकासी अभियान सञ्चालन भइरहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

चीनको मध्य भागस्थित हुनान प्रान्तअन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । राज्य प्रसारणकर्ता सीसीटीभीका अनुसार सो क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी तथा राहत कार्य तीव्र पारेका छन् ।

चिनियाँ आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार बिहान ७ बजेसम्मको २४ घण्टामा मात्र शिमेन काउन्टीमा ३३९ मिलिमिटर (करिब १३ इन्च) वर्षा मापन गरिएको छ । यसमध्ये एक सहरमा केही घण्टामै २४० मिलिमिटर (करिब ९ इन्च) वर्षा भएपछि ऐतिहासिक रेकर्ड नै तोडिएको अधिकारीहरूले जनाएका छन् ।

बाढीका कारण हुनानसँगै नजिकैको हुबेई प्रान्त पनि गम्भीर रूपमा प्रभावित भएको छ । त्यहाँ केही सडकहरू नदीजस्तै बनेका छन् भने उद्धारकर्ताहरूले फसेका बासिन्दालाई इन्फ्लेटेबल डुङ्गा प्रयोग गरी सुरक्षित स्थानमा पु¥याएका छन् । धेरै घरहरू डुबानमा परेका वा क्षतिग्रस्त भएका छन् । हुबेईमा तीन जनाको मृत्यु भएको र चार जना बेपत्ता रहेको पुष्टि गरिएको छ ।

दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्त पनि बाढीको चपेटामा परेको छ । सीसीटीभीका अनुसार त्यहाँ चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन् । लगातार वर्षाका कारण केही क्षेत्रमा घरहरू डुबानमा परेका छन्, सडकहरू भत्किएका छन् र सञ्चार सेवा अवरुद्ध भएको छ । करिब तीन हजार ७०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

चीनमा यस्ता प्राकृतिक विपद् सामान्य मानिन्छन् । गत वर्ष जुलाईमा बेइजिङमा भएको भारी वर्षा र बाढीका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए ।

यसैबीच, छुट्टै घटनामा दक्षिणी गुआङ्सी क्षेत्रमा शनिबार एउटा पिकअप ट्रक पुलबाट खस्दा १० जनाको मृत्यु भएको समाचार पनि सिन्ह्वाले जनाएको छ ।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा
राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना
डेन्यूबमा युद्धपोत फेरि देखिए
झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

भर्खरै

  • १.
    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

  • ३.
    राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ४.
    डेन्यूबमा युद्धपोत फेरि देखिए

  • ५.
    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

  • ६.
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

  • ७.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • ८.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.