काठमाडौँ । बाढीका कारण भारतको आसाममा ९ जनाको मृत्यु भएको छ । आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार आसामका २७ जिल्लाका एक हजार ७९० गाउँ बाढीमा डुबेका छन् ।
Advertisement
बाढीका कारण ७ लाभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले बाढी प्रभावित व्यक्तिहरूको उद्धार र सहयोगको लागि सरकार लागिपरेको बताएका छन् ।
बाढीमा नौगाउँ, होजाई, दीमा हसायो र कछार जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । नौगाउँ जिल्लामा मात्रै ३ लाख ३१ हजारभन्दा बढी व्यक्ति बाढी प्रभावित छन् ।
बाढीको अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले आसामका लागि एक करोड रुपियाँ सहयोग स्वीकृत गरेको छ ।