• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : स्वाट्टै घट्यो चीन र अमेरिकाबीचको ट्यारिफ !


    Avatar photo
मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

काठमाडौं- आज १२ मे। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई सम्झना गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९२६- उत्तरी ध्रुवमा पहिलो उडान

सन् १९२६ मा आजकै दिन उत्तरी ध्रुवमाथि पहिलो सफल उडान भएको थियो। सेमी-रिजिड जहाजमा सवार नर्वेका अन्वेषक रोल्ड अमुन्डसेन, अमेरिकी वैज्ञानिक लिंकन एल्सवर्थ र इटालीका इन्जिनियर अम्बटों नोबेलले उत्तरी ध्रुवमाथि निर्विवाद उडान भरेका थिए।

– सन् १९४१- विश्‍वको पहिलो अटोमेटिक कम्प्युटर

सन् १९४१ मा आजकै दिन विश्‍वको पहिलो प्रोग्रामेबल पूर्ण अटोमेटिक कम्प्युटर सार्वजनिक गरिएको थियो। ‘जेड-३’ नाम दिइएको उक्त कम्प्युटर जर्मनीका आविष्‍कारक कोनराड जुसले निर्माण गरेका थिए। पछि त्यसको मुल मेसिन हवाई आक्रमणमा ध्वस्त भयो। त्यसको रेप्लिका मात्र म्युनिखको डचेज म्युजियममा राखिएको छ।

– सन् १९८२- पोप जोन पल द्वितीयमाथि स्पेनिस धर्मगुरुको गोली

सन् १९८२ मा आजकै दिन स्पेनी पादरी हुवाँ मारिया फर्नान्डिज वाई क्रोहनले भ्याटिकन सिटीका पोप जोन पल द्वितीयको हत्या प्रयास गरेका थिए। पोपको नेतृत्वमा भ्याटिकन परिषदले शुरु गरेको सुधार अभियानका उनी विरोधी थिए। र, पोपमाथि कम्युनिस्टहरूको एजेन्ट भएको आरोप लगाएका थिए। तथापि, पोपलाई सामान्य चोट मात्र लाग्यो, आक्रमणबाट बचे।

– सन् १९९४- नोगोर्नो काराबाखको द्वन्द्व अन्त्य

सन् १९९४ मा आजकै दिन अजरबैजानको नोगोर्नो काराबाख क्षेत्रको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो। आर्मेनिया र अजरबैजानका कूटनीतिज्ञहरू बीच बिस्केक प्रोटोकलमा हस्ताक्षर भएको थियो। त्यसको एक सातापछि उक्त क्षेत्रमा युद्धविराम घोषणा भएको थियो। तथापि, अझै पनि नोगोर्नो काराबाख क्षेत्रको युद्ध पूर्ण रूपमा अन्त्य भएको छैन।

– सन् १९९८- जाकार्तामा हिंस्रक प्रदर्शन

सन् १९९८ मा आजकै दिन इन्डोनेसियाको जाकार्तामा हिंस्रक प्रदर्शन भएको थियो। राष्‍ट्रपति सुहार्तोको राजीनामा माग्दै भएको प्रदर्शनमा ४ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए।

– सन् २००८- चीन भूकम्पमा गयो ८७ हजारको ज्यान

चीनमा सन् २००८ मा आजकै दिन गएको भूकम्पमा परी ६९ हजार जनाको ज्यान गएको थियो। भूकम्पमा १८ हजार बेपत्ता भएका थिए भने ४८ लाखभन्दा बढी घरबारविहीन भएका थिए। भूकम्पको केन्द्र विन्दु सिचुवान प्रान्तमा रेकर्ड भएको थियो। ७.९ रेक्टरस्केलको उक्त भूकम्प सन् १९७६ पछिको सबैभन्दा ठूलो थियो। सन् १९७६ को भूकम्पमा परी २ लाख ४० हजारको ज्यान गएको थियो। बेपत्ता १८ हजारलाई पनि जोड्दा उक्त भूकम्पमा ८७ हजार जनाको ज्यान गएको थियो।

– सन् २०२२- ब्ल्याक होल ‘सेगिटेरियस’को पहिलो तस्बिर सार्वजनिक

सन् २०२२ मा आजकै दिन विशाल ब्ल्याक होल सेगिटेरियसको पहिलो तस्बिर सार्वजनिक गरिएको थियो। मिल्की वे ग्यालेक्सीको मुटुमा अवस्थित उक्त ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन टेलिस्कोपको सहकार्यमा खिचिएको थियो।

– सन् २०२२- क्यालिफोर्नियामा डढेलोको प्रकोप

आजकै दिन अमेरिकाको क्यालिफोर्नियामा डढेलोबाट २४ वटा घर ध्वस्त भएका थिए। अन्य ९०० घरमा बसोबास गरिरहेकाहरूलाई अन्यत्र सार्नुपरेको थियो। लगुना निगुल र ओरेन्ज काउन्टीमा डढेलोले बढी क्षति गरेको थियो।

– सन् २०२४- अफगान बाढीमा ३०० मारिए

सन् २०२४ मा आजकै दिन अफगानिस्तानमा गएको आकस्मिक बाढीमा परी ३०० जनाको ज्यान गएको थियो। बाढीमा करिब २ हजार घर बगेका थिए। अफगानिस्तानको उत्तरी भेगमा बाढीको बढी प्रभाव परेको थियो।

– सन् २०२५- चीन-अमेरिका ट्यारिफ ह्वात्तै घटाउने सम्झौता

सन् २०२५ मा आजकै दिन चीन र अमेरिकाबीच एकअर्काका सामान घोषित ट्यारिफ ह्वात्तै घटाउने सम्झौता भएको थियो। डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्‍ट्रपतिको पद सम्हालेलगत्तै चिनियाँ सामान आयातमा १४५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले अमेरिकी सामान आयातमा १२५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको थियो। नयाँ सम्झौताबाट अमेरिकामा चिनियाँ सामान आयातमा लगाइने ट्यारिफ ३० प्रतिशतमा सीमित राख्‍ने उल्लेख थियो। र, चीनले अमेरिकी सामान आयातमा १० प्रतिशत मात्र ट्यारिफ लगाउने सहमति जुटेको थियो।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु

भर्खरै

  • १.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • २.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ३.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ४.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ५.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ६.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ७.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ८.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.