• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

बागमती प्रदेश प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया अन्तिम चरणमा


    Avatar photo
सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

काठमाडौँ- बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशमा बोलिने भाषा, यहाँको साहित्य, कला, संस्कृतिको संरक्षणका लागि प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

Advertisement

मन्त्रालयअन्तर्गतको पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश भाषा दिवस २०८३ मनाउने सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रतिष्ठानसम्बन्धी नियमावली स्वीकृत भएपछि गठन प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । प्रदेश भाषा दिवसका अवसरमा वैशाख २४ गते नै नियमावली टुङ्ग्याउने गरी काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

“प्रतिष्ठानका विषयमा प्रदेशकै मन्त्रालयलाई बुझाउन लागि परेका छौँ, प्रदेशमा बोलिने मुख्य भाषामा वार्षिक प्रदेश सरकारको करोडौँ रुपैयाँ लगानी भइरहेको छ, के उपलब्धि भयो भन्ने तथ्याङ्क पनि आउनुपर्छ, त्यो आएन भने यसमा गरिएको लगानी बालुवामा पानी हालेझैँ हुनेछ,” उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भाषा नियमावलीे अर्थ मन्त्रालयबाट स्वीकृत भई आन्तरिक मामिला मन्त्रालयमा पुगेको जानकारी दिनुभयो । नियमावली टुङ्ग्याउन आन्तरिक मामिला मन्त्रालयले भोलि नै बैठक बोलाएको पनि उहाँले बताउनुभयो । प्रदेशमा लिपि कार्यान्वयनमा भने प्राविधिक समस्या आइपरेको र त्यसको समाधानका लागि काम भइरहेको सचिव सुवेदीले बताउनुभयो ।

पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले प्रदेश सरकारले प्रदेश भाषा ऐन, २०८० जारी गरेका दिन वैशाख २४ गते भाषा दिवस मनाउन लागिएको जानकारी दिनुभयो । प्रदेशमा बोलिने सबै मातृ भाषालाई अपनत्व दिने गरी प्रदेश भाषा दिवस मनाउन लागिएको जानकारी पनि उहाँले गराउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव लोकबहादुर लोप्चनले प्रदेश भाषा दिवस मनाउन थालेसँगै बागमती प्रदेशमा भाषिक सङ्घीयता राम्रो भएको बताउनुभयो । मातृ भाषामा अध्ययन, अनुसन्धान र विद्यार्थी छात्रवृत्तिलाई गरी वार्षिक रु दुई करोड बजेटको व्यवस्थाले यस क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेवाः देय् दबुका महासचिव सुनीलकृष्ण महर्जनले प्रदेशमा भाषा ऐन लागू भएको दुई वर्ष पूरा भएर तीन वर्ष लाग्दा पनि प्रज्ञा प्रतिष्ठान र विज्ञ समूह गठन हुन नसकेको बताउनुभयो ।

नेपाल तामाङ घेदुङका उपाध्यक्ष सञ्जु गुरुङ तामाङले मन्त्रालयका कारण संस्थालाई दिइएका कार्यक्रम आर्थिक वर्षको अन्तिममा हुने गरेको गुनासो गर्नुभयो ।

 

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ८.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.