नयाँ दिल्ली : भारतमा २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
Advertisement
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ। यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ५४९ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ।