• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : ६०० मिटर गहिराइमा ३० सेन्टिमिटरको जीव


    Avatar photo
सोमबार, फागुन २५, २०८२ मा प्रकाशित

काठमाडौं– आज ९ मार्च। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३१- इलेक्ट्रोन माइक्रोस्कोपको आविष्‍कार

जर्मनीका भौतिक शास्त्री अन्स्र्ट रुस्काले आजकै दिन इलेक्ट्रोन माइक्रोस्कोपको आविष्‍कार गरेका थिए। उनले आविष्‍कार गरेको उपकरणले ५० न्यानोमिटरको रिजोलुसन हेर्न सक्थ्यो।

– सन् १९४५- टोकियोमा मारिए ८० हजार

सन् १९४५ मा आजकै दिन अमेरिकी एयरफोर्सले जापानको राजधानी टोकियोमा बम वर्षा गरेको थियो। उक्त घटनामा टोकियोको एक तिहाइ हिस्सा ध्वस्त भएको थियो भने ८० हजारजनाको ज्यान गएको थियो।

– सन् १९५९- बार्बी डललाई राखियो बिक्रीमा

अमेरिकी खेलौना निर्माता कम्पनीले माटेलले आजकै दिन बार्बी डललाई बिक्रीमा राखेको थियो। हालसम्म १ अर्ब बार्बी डल बिक्री भइसकेको कम्पनीको भनाइ छ। र, हरेक सेकेन्डमा ३ वटा डल बिक्री हुने गरेका छन्।

– सन् १९६१- मानव पुत्ला इभान इभानोभिचको अन्तरिक्ष यात्रा

सन् १९६१ मा आजकै दिन इभान इभानोभिच नाम दिइएको मानव पुत्लालाई अन्तरिक्ष यात्रा गराइएको थियो। तत्कालीन सोभियत संघको अन्तरिक्ष यान ‘कोराबल-स्पुतनिक ४’मा उक्त मानव डमी पठाइएको थियो। स्पुतनिक-९ नाम पनि दिइएको उक्त यानमा मानव डमीका साथमा एक कुकुर, सरिसृप, मुसा र गिनी पिगलाई पनि अन्तरिक्षमा पठाइएको थियो।

– सन् १९७६- इटालीमा इतिहासकै खतरनाक केबल कार दुर्घटना

सन् १९७६ मा आजकै दिन इटालीमा इतिहासकै खतरनाक मानिएको केबल कार दुर्घटना भएको थियो। उक्त घटनामा परी ४३ जनाको ज्यान गएको थियो। स्टिलको केबल चिप्लिएपछि केबल कार १६० फिट (५० मिटर) जमिनमा खसेको थियो। उक्त घटनामा केबल कारमा सवार १४ वर्षीया एलेसन्ड्रा पिओवेसाना मात्र बाँचेकी थिइन्।

– सन् २०११- स्पेस सटल ‘डिस्कोभरी’को मिसन पूरा

सन् २०११ मा आजकै दिन स्पेस सटल ‘डिस्कोभरी’ले आफ्नो पहिलो मिसन पूरा गरेको थियो। इन्टरनेसनल स्पेस स्टेसनमा प्रक्षेपित डिस्कोभरी आफ्नो मिसन पूरा गरेर अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा अवतरित भएको थियो।

– सन् २०२०- महिला हत्याविरुद्ध मेक्सिकोमा प्रदर्शन

सन् २०२० मा आजकै दिन मेक्सिकोमा भइरहेको महिलाहरूको हत्याविरुद्ध व्यापक प्रदर्शन भएको थियो। त्यतिबेला मेक्सिकोमा दैनिक औसत १० महिलाको हत्या हुने गरेको थियो।

– सन् २०२१- चन्द्रमामा रिसर्च स्टेसन राख्‍ने रुस-चीन सम्झौता

सन् २०२१ मा आजकै दिन चीन र रुसबीच चन्द्रमा या त्यसको आसपास रिसर्च स्टेसन राख्‍न सम्झौता भएको थियो। दुई मुलुकबीच चन्द्रमा मिसनमा सहकार्य गर्ने सम्झौता पनि थियो त्यो। र, त्यसबाट अन्तरिक्षमा अर्को प्रतिस्पर्धा शुरु भएको थियो।

– सन् २०२२- डार्बिनको चोरिएको नोटबुक फिर्ता

वैज्ञानिक चार्ल्स डार्बिनको चोरिएको नोटबुक २२ वर्षपछि आजकै दिन फिर्ता भएको थियो। उक्त नोटबुकमा ‘ट्रि अफ लाइफ’ नाम दिइएको स्केच पनि छ। रहस्यमय ढंगबाट हराएको उक्त नोटबुक क्याम्ब्रिज युनिभर्सिटी लाइब्रेरीमा फिर्ता आएको थियो।

– सन् २०२५- समुद्री गहिराइमा ३० सीएमको जीवको भिडियो

सन् २०२५ मा आजकै दिन ३० सेन्टिमिटर लामो एक जीवको भिडियो खिच्‍न सफलता मिलेको थियो। कोलोसल स्क्विड नामक उक्त जलचरलाई सन् १९२५ मा पहिचान गरिएको थियो। स्मिट ओसन इन्स्टिच्युटका वैज्ञानिकहरूले ६०० मिटर गहिराइमा पुगेर उक्त जीवको तस्बिर र भिडियो खिचेका थिए। साउथ एटलान्टिक महासागरमा साउथ स्यान्डविच द्विप नजिक उक्त जीव फेला परेको थियो। त्यसका लागि रिमोटबाट चल्ने सुबास्टियन नामक गाडीको प्रयोग गरिएको थियो।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.