• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु


    Avatar photo
शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

किएभ- रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् ।

Advertisement

सबैभन्दा ठूलो क्षति पूर्वी खार्किव क्षेत्रमा भएको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार खार्किवको किभस्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुँदा भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो । सो भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको छ भने नजिकैको अर्को घर पनि क्षतिग्रस्त भएको उहाँले टेलिग्राममार्फत जानकारी दिनुभयो ।

खार्किवका मेयर इगोर तेरेखोभका अनुसार उक्त आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेमध्ये छ वर्ष र ११ वर्षका दुई बालक तथा १७ वर्षीया किशोरी पनि रहेका छन् । घटनाले आवासीय क्षेत्रमा ठूलो त्रास सिर्जना गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसैबीच ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सान्डर गान्झाका अनुसार निकोपोल जिल्लामा भएको आक्रमणमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् । उहाँका अनुसार रूसी सेनाले ड्रोन, तोपखाना र रकेट प्रयोग गरी उक्त क्षेत्रमा करिब २० पटक प्रहार गरेको थियो ।

दक्षिणी युक्रेनको जापोरिझिया क्षेत्रमा पनि रुसी ड्रोन आक्रमण भएको छ । क्षेत्रीय प्रशासन प्रमुख इभान फेडोरोभका अनुसार सो आक्रमणमा एक बालक घाइते भएका छन् ।

खार्किव क्षेत्रकै चुगुइभ सहरमा पनि ड्रोन आक्रमण भएको छ । सहरकी मेयर हलीना मिनायेभाले सहरको केन्द्रमा रहेको एक घरमा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको बताउनुभयो ।

लगातार भइरहेको रुसी आक्रमणका कारण रातभरि युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । देशका धेरै भागमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो ।

यसैबीच पोल्यान्डको वायु सेनाले पनि सतर्कता बढाएको जनाएको छ । पोल्यान्डले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनसँग सीमा जोडिएका क्षेत्रको सुरक्षाका लागि आफ्ना सैन्य विमान परिचालन गरिएको जनाएको छ । ठूलो स्तरका रुसी आक्रमणका बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताइएको छ ।

शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.