“कहीं का इँट कहीं का रोडा
भानमती ने कुनबा जोडा” भनेझैं
Advertisement
मने कमरेटले
रौतहटका कमरेटसँग मिली
जोडजाड गरी छाप्रो बनाउन भ्याए
कति रेक्टरसम्मको भूकम्प धान्ने हो,
कतिसम्मको आँधी तुफान ।
थेग्ने हो हेर्नै बाँकी छ !
आफ्नैको विरोध छ
आफ्नैको असन्तुष्टी !
घर छाडी हिंडेका छन् कोही
झापाली बा छन् फेरि
शब्दको बाँणले हान्ने
फु गरेर उडाउन खोज्ने
बक्सिङ हानी ढाल्न खोज्ने !
इँटा गारो कस्तो छ ?
घर बलियो छ छैन ?
समयले देखाउला