लुसिफर पनि लजाउने
झुसिफर छन् यहाँ त !
गर्छन् एउटा भन्छन् अर्कै
Advertisement
नैतिकहीन सदाचारकै
दुहाई दिँदै ठिक्क
भ्रष्ट भ्रष्टाचारको विरोध गर्दै ठिक्क !
देशमा आगो लगाउने
देश निर्माणको भाषण गर्दै ठिक्क
टाढा जानु पर्दैन
केही त हेर छिमेकमा
केही त सिक छिमेकीसँग
विकास के हो ?
ज्ञान विज्ञान के हो ?
सिक्नु बुझ्नु छैन भने
गर जे मन लाग्छ !
बाँकी केही छ भने
त्यहाँ पनि झोस आगो !
केही गर्न आउँदैन भने
लगाऊ बिर्को आफ्नो बुद्धिमा
बन अर्काको खेलको गोटी !