• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कतै तपाईंलाई हृदयाघातको लक्षण त छैन ?


    Avatar photo
शनिबार, कार्तिक ०२, २०८२ मा प्रकाशित

काठमाडौं- मुटुको मांसपेशीलाई रगतसम्म पुर्‍याउने काम रक्तनलीले गर्छ। कुनै कारणले रक्तनली बन्द भयो भने मुटुको मांसपेशीमा रगत पुग्दैन। र, ती मांसपेशी मर्छन्। त्यसलाई नै हृदयाघात (हार्ट एट्याक) भनिन्छ।

Advertisement

हृदयाघातका दुई कारण छन्। पहिलो हो, स्केमिक। रगतको नली बन्द भई हुने हृदयाघातलाई स्केमिक भनिन्छ। रगतको नली बन्द हुनुका कारण कतै जमेको रगतको ढिक्का उछिट्टिएर मुटुमा आइपुग्‍नु या त रगतको नली साँघुरिँदै गई एक्कासी बन्द हुनु हो।

रगतका नली पनि विभिन्‍न कारणले साँघुरिने गर्छन्। कोलेस्टेरोलको मात्रा बढ्दै जानु, मधुमेहका बिरामीहरू, अनियन्त्रित डाइबिटिज, रक्तचापका बिरामी र अस्वस्थकर खानपिनका कारण रक्तनली साँघुरिन्छन्। एक हदसम्म साँघुरिदै जाँदा पनि हामीलाई थाहा हुँदैन। झ्याप्प जब बन्द हुन्छ, एक्कासी रगत मुटुमा सञ्‍चार नभएपछि हृदयाघातको लक्षण देखापर्न थाल्छ।

अर्को हो हेमरेज स्ट्रोक। यसबाट बच्‍न हरेक दिन सकेसम्म एकआध घण्टा हिँड्ने र सामान्य व्यायाम गर्नु राम्रो मानिन्छ।

कतिपय व्यक्ति कार्यव्यस्तताका कारण सातामा एकपटक चार किलोमिटरजति हिँड्छन्। तर, कहिले नहिँड्नुभन्दा सातामा एकपटक भए पनि हिँड्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ।

यस्तै, तनावलाई हृदयाघातको एकदमै ठूलो कारण मानिन्छ। हृदयाघात मात्र होइन, उच्च रक्तचापलगायत धेरै रोगको कारण तनाव हो। रगतको नली साँघुरो बनाउनमा तनावको राम्रै भूमिका हुन्छ। तनाव कम गर्न व्यायामका साथै प्रणायाम गर्नु उचित मानिन्छ।

लक्षणहरू

हृदयाघात हुँदा छातीको मध्यभागमा अत्यधिक पीडा हुन्छ। यो पीडा करिब ३० मिनटसम्म भइरह्यो भने त्यसलाई हृदयाघात भनिन्छ।

पुरुषमा छातीको मध्यभागमा अत्यधिक दुख्‍ने, दुखाइ बायाँ हाततिर हुँदै पछाडि पातातिर सर्ने, एकाएक सास फेर्ने गाह्रो हुने, खलखली पसिना आउनेजस्ता लक्षण देखापर्छन्। यस्तै, महिलाको छातीभन्दा तल र पेटभन्दा माथिको भाग ग्यास्ट्रिक भएजस्तै दुख्‍ने, पोल्ने, वाकवाकी लाग्‍ने, दुखाइ ढाडको तल्लो भागतिर सर्नेजस्ता लक्षण देखापर्छन्।

कसैलाई केही वर्षदेखि यसको लक्षण देखिँदै आएको हुन्छ। कतिपयमा भने कुनै लक्षण देखिँदैन र एक्कासी मृत्यु हुन्छ। कुनै लक्षण नदेखिई मृत्यु हुनुलाई ‘साइलेन्स हार्ट अट्याक’ भनिन्छ।

कसरी बच्‍ने ?

हृदयाघात हुन नदिन आहार, विहार, विचार र व्यवहारमा ध्यान दिनु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। यो जीवनशैलीसँग सम्बन्धित रोग भएकाले मुटुमैत्री आहार खानु अत्यावश्यक छ।

धेरै चिल्लो खानेकुरा नखाने, नियमित व्यायाम गर्ने, हरियो सागपात, गेडागुडीको झोल खाने, मानसिक तनाव कम लिने, उत्तेजना नियन्त्रण गर्ने, चुरोट, सुर्ती र रक्सी नखाने। योगमा पनि विशेष ध्यान दिन सके अझै स्वस्थ रहन सकिन्छ।

जीवनशैली बिग्रिँदा हृदयाघात हुने भएकाले जीवनशैली सुधार्न आवश्यक छ। हृदयाघात हुन यसको पूर्वाधारहरू पहिलेदेखि नै बनिरहने भएकाले १८ वर्षमाथिका हरेक मानिसले वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ।

यदि स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल बढेको देखियो र उपचार गरियो भने हृदयाघात हुने सम्भावना एकदमै कम भएर जान्छ। धेरै मोटो मान्छेलाई पनि हृदयाघात हुने सम्भावना उच्च रहने भएकाले मोटोपन घटाउने उपायतिर लाग्‍नु जरुरी छ।

 

शनिबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.