काठमाडौंको आन्दोलनपछि
गाउँ पुगेका बड्का भलमन्साले
Advertisement
सबै गाउँलेलाई बोलाए, र भने :
म सबैलाई मन परेको छु
मेरो बोली सबैलाई मन परेको छ
मेरो व्यवहार मन परेको छ
मैले भ्रष्टाचार गरेको छु
छ, छैन भन
अहिले नै म मेरो
भलमन्साको पद छोडिदिन्छु
मेरो कारणले भोलिका दिन
गाउँमा आगो नलागोस्
स्कुल नभत्कियोस्
बैंक नलुटियोस्
कसैको ज्यान नजाओस्
अबको माघीमा म आफ्नो
पद छोड्ने छु !
नाति पुस्ताको भलमन्सा भएको
हेर्न चाहन्छु !
काठमाडौंकाले यति बुझेको भए
कसैको ज्यान जाने थिएन
देश जल्ने थिएन