• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

दैनिक कति हजार स्टेप हिँड्दा स्वास्थ्यलाई लाभ ?


    Avatar photo
आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

नयाँदिल्ली- मौसम चिसो होस् वा तातो, मानिसहरू साँझबिहान पार्क वा सडकछेउमा हिँडेको देखिन्छ। कहिले अलिकति हातमा त कहिले खुट्टाको गति अलि बढाउँदै गरिएको देखिन्छ। बेलाबेलामा आँखा सडकबाट टाढा र नाडीतिर सर्छ। घडीजस्तो उपकरण नाडीमा बाँधिएको पेडोमिटर हेर्दै हिँडेको देखिन्छ।

Advertisement

सामान्यतया पेडोमिटरको पूर्वनिर्धारित सेटिङ १० हजार चरणमा सेट गरिएको छ। दैनिक १० हजार पाइला हिँड्दा मुटु, दिमाग र शरीर स्वस्थ रहने जनविश्‍वास छ। यति ठूलो लक्ष्‍य देखेर धेरै मानिस पछि हट्छन्। तर, नयाँ स्वास्थ्य अध्ययनले समस्या समाधान गर्न सक्ने बताएको छ।

‘जर्नल अफ अल्जाइमर्स डिजिज’मा प्रकाशित यस अध्ययनका अनुसार यदि तपाईं दैनिक केही हजार पाइला मात्र हिँड्नुहुन्छ वा केही व्यायाम गर्नुहुन्छ भने तपाईंको मस्तिष्‍कको आकार बढ्न सक्छ। मस्तिष्‍कको आकार ठूलो हुनुको अर्थ मस्तिष्‍क स्वस्थ भन्‍ने हुन्छ। डिमेन्सिया वा अल्जाइमरको जोखिम हुँदैन।

१० हजारभन्दा बढी मानिसमा गरिएको यस अध्ययनका अनुसार दैनिक केही हजार पाइला हिँड्नेहरूको दिमाग अरूभन्दा ठूलो पाइएको थियो। यसै विषयमा हामीले स्वस्थ रहन दैनिक कति पाइला चाल्नुपर्छ भन्‍नेबारे चर्चा गर्दैछौं।

दैनिक ४ हजार पाइला हिँड्नु पर्याप्त

प्यासिफिक न्युरोसाइन्स इन्स्टिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक तथा अनुसन्धानका लेखक डा. डेभिड मेरिलका अनुसार दैनिक मध्यम व्यायामले तपाईंको दिमागमा सकारात्मक प्रभाव पार्छ। यसका लागि दिनमा ४ हजार पाइला हिँड्नु पनि पर्याप्त हुन्छ। जो १० हजार पाइलाको लक्ष्‍य देखेर पछि हट्ने गर्थे, उनीहरूलाई यो अनुसन्धानपछि नयाँ लक्ष्‍य हासिल गर्न अलि सहज हुनेछ।

व्यायामले मस्तिष्‍कलाई शक्ति दिन्छ

हैदरावादको यशोदा अस्पतालका जनरल फिजिसियन डा. करण उदेश तानुगुलाका अनुसार शारीरिक क्रियाकलापले मस्तिष्‍कमा रक्तसञ्‍चार बढाउँछ, जसका कारण मस्तिष्‍कमा अक्सिजन बढी पुग्छ अर्थात् मस्तिष्‍कमा शक्ति बढ्छ। यसले संज्ञानात्मक कार्यमा पनि सुधार गर्छ। मस्तिष्‍कमा रक्तसञ्‍चार राम्रो हुनाले मस्तिष्‍कको विकाससँग सम्बन्धित न्युरोट्रान्समिटर र रसायन बढी निस्कन्छ। नयाँ न्युरोन्स चाँडै विकास हुन्छ र मस्तिष्‍क जडान पनि बढ्छ। व्यायामले मस्तिष्‍कको सुजन कम गर्छ र मुड पनि सुधार्छ। यी सबै मिलेर हाम्रो मस्तिष्‍कको स्वास्थ्य सुधार गर्छ।

मस्तिष्‍क संकुचित हुनु भनेको डिमेन्सिया हो ?

तपाईंको मस्तिष्‍कको आकारले यसको स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ। यदि मस्तिष्‍कको आकार घट्दै गएको छ भने यो डिमेन्सियाको प्रारम्भिक लक्षण हुन सक्छ। मस्तिष्‍कको आकार कायम राख्‍न वा बढाउनुमा न्युरोप्रोटेक्टिभ प्रभावहरू छन्। योे राम्रो स्वास्थ्यको संकेत हो। हरेक दिन आधा घण्टा हिँड्दा पनि दिमागलाई स्वस्थ राख्‍न सकिन्छ।

प्रतिरक्षा प्रणाली बलियो

शरीर स्वस्थ रहनका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ। यदि स्वस्थ आहारको साथसाथै तपाईं हरेक बिहान हिँड्दै हुनुहुन्छ भने यो तपाइँको प्रतिरक्षाको लागि धेरै राम्रो छ। बिहानको ताजा हावामा २० देखि ३० मिनट हिँड्दा संक्रमण र रोगसँग लड्ने क्षमता बढ्छ।

तौल घटाउन सहयोगी

हरेक दिन आधा घण्टा तीव्र गतिमा हिँड्दा धेरै क्यालोरीहरू जलाउन सकिन्छ। अधिक क्यालोरी खपतले शरीरको तौल नियन्त्रणमा राख्छ। यसले धेरै रोगहरूको जोखिम स्वतः कम गर्न सक्छ।

हृदयाघातको जोखिम कम

कानपुरका मुटु रोग संस्थानका वरिष्‍ठ मुटुरोग विशेषज्ञ डा. अवधेश शर्मा भन्छन् कि दैनिक हिँड्दा शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) घट्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) बढ्छ। यसले कार्डियोभास्कुलर स्वास्थ्य सुधार गर्छ। यसले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्छ।

मधुमेह रोगीलाई राहत

स्पोर्ट्स मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खाना खाइसकेपछि हिँड्ने बानीले मुटुको स्वास्थ्यलाई राम्रो राख्‍न मात्र नभई शरीरमा रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रणमा राख्‍न पनि मद्दत गर्छ। खाना खाएपछि ५ देखि १० मिनटको छोटो पैदल यात्राले पनि रगतमा चिनीको मात्रा र इन्सुलिनको स्तर सन्तुलित राख्‍न सक्छ।

तनाव कम

दैनिक २० देखि ३० मिनट हिँड्दा तनाव, डिप्रेसन र चिन्ताको स्तर कम हुन्छ। यस अवधिमा शरीरमा एन्डोर्फिन हर्मोनको स्तर बढ्छ, जसले तनाव कम गर्छ।

कसले कति हिँड्नु पर्छ ?

वाराणसीको सरकारी आयुर्वेदिक पीजी मेडिकल कलेज र अस्पतालका चिकित्सक डा. अजय कुमार भन्छन्, ‘दैनिक व्यायाम र स्वस्थ खाना खानुले हाम्रो प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्छ। हाम्रो श्‍वासप्रश्‍वास प्रणाली बलियो हुन्छ र फोक्सोले राम्रोसँग काम गर्छ।’

भाष्‍कर डट कमबाट 

 

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.