काठमाडाैं- निर्वाचन आयोगले चुनावकाे ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ।
Advertisement
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानको ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्राचार गरिएको हो।
२७ वैशाख मध्यरातदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन सबै आन्तरिक यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको उनले जानकारी दिए।