भारतीय टीभी र युट्युबमा कराएर
नपुगेपछि
छिमेकी देशका दाजुभाइ
यहीं आइपुगेका छन्
Advertisement
हाम्रै देशका टीभी
युट्युबमा कराएर
कोही गणतन्त्र बचाउन
कोही राजा ल्याउन !
छिमेकी भनेको यस्तो पो हुनुपर्छ
दुःख परेका बेला साथ दिने
दुःख परे रुने
खुशी भए हाँस्ने !
आफूलाई पुगे
सब ठीक हुँदो रहेछ
अरू बेला विदेशी हस्तक्षेप
त छँदैछ
अब हामी पनि पारितिर
सहयोग गर्न जानैपर्छ
हाम्रो अनुभव साट्नैपर्छ
रेलिङ भाँच्ने, डिपार्टमेन्ट स्टोर लुट्ने
घरमा आगो लगाउने
सामाजिक सञ्जालमा ठोक्न सिकाउन !
कोहीभन्दा कोही
कम नभएको ठाउँमा
कुनै दिन त आउला
विदेशीलाई नगुहार्ने !
यो देश भित्रबाट
कोही त आउला
यो सब ठीक पार्न
बदमासहरूलाई तह लगाउन !