• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

‘ट्रम्प कर’को असर नेपालमा : महँगी र व्यापार घाटाको खतरा


बिहिबार, चैत २१, २०८१ मा प्रकाशित

काठमाडौं- अमेरिकी राष्‍‍ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको रोज गार्डेनमा एक महत्त्वपूर्ण घोषणा गरे। अमेरिकी समयअनुसार अपराह्न ४ बजे उनले रेसिप्रोकल ट्याक्स नामक नयाँ कर प्रणाली लागू गर्ने घोषणा गरे।

Advertisement

ट्रम्प प्रशासनका अनुसार नयाँ ट्यारिफ नीतिको उद्देश्य अमेरिका विदेशी उत्पादनहरूमा निर्भर नहोस् भन्‍ने हो। साथै, अमेरिकी उत्पादनहरूमाथि अन्य देशहरूले लगाएको करको जवाफ दिन, ट्रम्पले ‘तिनीहरू जस्तै हामी पनि गर्छौं’ भन्‍ने नीति अपनाउन खोजेका छन्।

‘लिबरेसन डे’को नामकरण

ट्रम्प प्रशासनले यस नयाँ नीति लागू गर्ने दिनलाई ‘लिबरेसन डे‘ (मुक्ति दिवस) नामकरण गरेको छ। ट्रम्पले आफ्नो प्रशासनको प्रमुख नारा ‘अमेरिका फर्स्ट’लाई पुनः दोहोर्‍याउँदै भनेका छन्, ‘अमेरिकालाई अरू देशहरूको उत्पादनमा निर्भर हुन दिँदैनौं। यदि कुनै देशले हाम्रा सामानमा बढी कर लगाउँछ भने हामी पनि उनीहरूका सामानमा त्यस्तै गर्छौं।’

यस घोषणासँगै नयाँ ट्यारिफहरू तत्काल लागू हुने छन्, जसले विश्‍वव्यापी व्यापार प्रणालीमा ठूलो असर पार्ने देखिन्छ।

अमेरिकी ट्यारिफले भारतलाई पर्ने असर

ट्रम्प प्रशासनको नयाँ ट्यारिफ नीतिले भारतलाई गम्भीर रूपमा प्रभावित गर्ने देखिएको छ।

(१) भारतीय निर्यातमा ८ प्रतिशत कर

भारतबाट अमेरिका निर्यात हुने उत्पादनहरूमाथि ८ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइनेछ।

(२) भारतीय मुद्रा अवमूल्यनको असर

भारतीय रुपैयाँको अमेरिकी डलरको तुलनामा ४ प्रतिशत अवमूल्यन हुने अनुमान छ। यसको असरले भारतलाई वार्षिक ४ अर्ब डलर बराबरको नोक्सान हुन सक्ने बताइएको छ।

(३) भारतलाई ३.१ अर्ब डलरको प्रत्यक्ष घाटा

रिपोर्टअनुसार भारतलाई ३.१ अर्ब डलर बराबरको प्रत्यक्ष नोक्सान हुने अनुमान गरिएको छ।

(४) कुन-कुन क्षेत्रहरू बढी प्रभावित हुनेछन् ?

नयाँ ट्यारिफबाट भारतका निम्‍न क्षेत्रहरू बढी प्रभावित हुनेछन्ः

– फर्मास्युटिकल्स (औषधि उद्योग)

– अटोमोबाइल (गाडी र पाट्र्स उद्योग)

– ज्वेलरी (गहना उद्योग)

– स्टिल र एल्युमिनियम (२५ प्रतिशत कर)

– सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स

भारतीय सरकारले ट्रम्पको निर्णयप्रति कडा आपत्ति जनाएको छ। भारतीय वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अमेरिकी ट्यारिफ नीति भारतका व्यापारिक साझेदारहरूमाथि अन्यायपूर्ण छ।’

सबैभन्दा बढी प्रभावित मुलुकहरू

ट्रम्प प्रशासनले चीन, भारत, क्यानाडा, मेक्सिको, दक्षिण कोरिया, ब्राजिल, जापानलगायत मुलुकहरूमाथि कडा व्यापार नीति लागू गर्ने तयारी गरेको छ।

(१) चीनमाथि २० प्रतिशत कर

चीनबाट अमेरिका निर्यात हुने सम्पूर्ण उत्पादनहरूमाथि २० प्रतिशत ट्यारिफ लगाइनेछ।

(२) क्यानाडा र मेक्सिकोमाथि २५ प्रतिशत कर

क्यानाडा र मेक्सिकोबाट अमेरिका निर्यात हुने उत्पादनहरूमाथि २५ प्रतिशत ट्यारिफ लगाइनेछ।

(३) युरोपेली संघको चेतावनी

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई कडा चेतावनी दिँदै भनेकी छन्, ‘हामी व्यापार युद्ध चाहँदैनौं। तर, यदि अमेरिकाले उग्र नीति लिन्छ भने हामी पनि जबर्जस्त प्रतिरोध गर्छौं।’

जापानको कडा चेतावनी

बैंक अफ जापानका गभर्नर काजुओ उएदाले भनेका छन्, ‘ट्रम्पको नयाँ नीतिले विश्‍वव्यापी व्यापारलाई ठूलो धक्का दिनेछ। अमेरिकाले यदि यस्तो नीति अघि बढायो भने जापानले पनि प्रतिरोध गर्नेछ।’

रुससँग व्यापार गर्ने मुलुकमाथि ५०० प्रतिशत कर

अमेरिकी सिनेटका ५० सांसदहरूले रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेका छन्। यदि रुसले युक्रेनसँग शान्ति वार्ता गर्न अस्वीकार गरेमा रुसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि ५०० प्रतिशत ट्यारिफ लगाइनेछ। यसमा ग्यास, पेट्रोलियम, युरेनियमसमेत समावेश गरिनेछ।

अस्ट्रेलियाको प्रतिक्रिया

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ट्रम्प प्रशासनको विरोध गर्दै भनेका छन्, ‘हामी आफ्नै राष्‍‍ट्रीय हितलाई सुरक्षित गर्नेछौं। अमेरिकी ट्यारिफ नीति अन्यायपूर्ण छ।’

नेपालमाथि असर कस्तो पर्छ ?

नेपालको ६४.१  प्रतिशत भन्दा बढी आयात भारतबाट हुने भएकाले भारतको निर्यात महँगो भए नेपालले वस्तु तथा सेवाहरू महँगो मूल्यमा खरिद गर्नुपर्नेछ। नेपालको अर्थतन्त्र भारतमा ठूलो मात्रामा निर्भर भएकाले भारतको निर्यातमा असर पर्‍यो भने नेपालको व्यापारमा पनि प्रत्यक्ष असर पर्न सक्छ।

नेपालमाथि पर्ने सम्भावित असरहरू

– इन्धन महँगो हुने सम्भावना- पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्न सक्छ।

– खाद्य तथा उपभोग्य वस्तुको मूल्यवृद्धि- भारतबाट आयात हुने चिनी, नुन, तेल, मसलाहरू महँगो हुन सक्छन्।

– निर्माण सामग्री अभाव- इलेक्ट्रोनिक्स सामग्रीको मूल्य बढ्नेछ।

– विदेशी मुद्रा सञ्‍चिति घट्ने सम्भावना- भारतको आर्थिक मन्दीले नेपालमा विदेशी मुद्रा सञ्‍चितिमा असर पार्न सक्छ।

– रोजगारीमा प्रभाव- भारतीय उद्योग तथा व्यवसाय प्रभावित भएमा नेपालका श्रमिकहरूको रोजगारी गुम्‍न सक्छ।

व्यापार युद्धको संकेत

यदि अन्य मुलुकहरूले पनि अमेरिकाविरुद्ध जवाफी कर नीति लागू गरेमा विश्‍वव्यापी व्यापार युद्धको सम्भावना बढ्नेछ। युरोप, चीन, भारत, जापान, दक्षिण कोरियालगायत देशहरूले अमेरिकालाई जवाफ दिन नीतिहरू ल्याए भने विश्‍वभर आर्थिक संकट आउन सक्छ।

अबको बाटो के हुन सक्छ ?

– भारत, चीन, युरोप, जापान र अन्य देशहरूले अमेरिकासँग वार्ता गर्न सक्छन्।

– अन्तर्राष्‍‍ट्रीय व्यापार सन्तुलन कायम राख्‍न कूटनीतिक पहल हुन सक्छ।

– नेपालले पनि अमेरिकी नीति अध्ययन गरी व्यापार रणनीति बनाउनु आवश्यक छ।

ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ ट्यारिफ नीति अमेरिका र विश्‍वव्यापी व्यापार प्रणालीलाई ठूलो असर पार्न सक्ने देखिन्छ। नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकहरूलाई पनि अप्रत्यक्ष रूपमा असर पर्नेछ। नेपालको व्यापार नीति र आर्थिक नीतिमा नयाँ रणनीति अपनाउनुपर्ने आवश्यकता देखिएको छ। ट्रम्प प्रशासनले आफ्नो नीति परिवर्तन गरेन भने निकट भविष्‍‍यमै विश्‍वव्यापी व्यापार युद्ध हुन सक्छ।

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.