नेपाली कुलमा जन्मिएका कुलमानलाई
माओ, मार्क्स, लेनिनका कुलमा
जन्मिएकाले दिनु दुःख दिए
Advertisement
अँध्यारोमा बस्ने बानी भएका
अँध्यारो बेचिखान पल्किएकाले
तिमीले दिएको उज्यालो देखी सहेनन्
सल्बलाए पैसा तिर्ने मन नभएका
लुटिखान पल्किएका
इन्भर्टर बेचिखान पल्किएका
अब अरू के के बेच्ने हुन् ?
भोलि थाहा हुनेछ
अब केही बाँकी छन् केही गरी खोज्ने
अब छानी-छानी तिनको पालो आउने छ !
पालो कुरिबसेका छन्
लुट्न पल्केकाहरू
झुल्केका छन् नयाँ महाराजा
महारानीका दरबार वरिपरिका !
केही दिनमा ती अनुहारहरू
राष्ट्रीय पटलमा देखिनेछन्
फेरि शुरु हुनेछ लुटपाटको
अर्को नयाँ सिलसिला !
आफ्नो कर्मलाई धिक्कार्दै बस
दाइ, बा, कमरेट र यिनका आसेपासेलाई
सत्तामा पुर्याउने नेपाली भेडाहरू !